logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पूँजिगत खर्च गर्ने निकाय नै छैनः कार्की


  • जन आकाश
  • बुधबार, साउन ११ २०७४

काठमाडौं । अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालय प्रत्यक्ष पूँजीगत खर्च गर्ने निकाय नभएको दावी गर्नु भएको छ । अर्थमन्त्री कार्कीले बजेट निर्माण तथा कार्यान्वयनका लागि खर्च प्रणालीमा सुधार तथा सहजीकरण गर्ने कामलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालय लागि परेको पनि स्पष्ट पार्नुभयो ।
व्यवस्थापिका संसद अन्तरगतको अर्थ समितिको हिजोको बैठकमा बोल्दै उहाँले सरकारले पूँजीगत खर्च बढाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिईसकेको पनि स्मरण गराउनुभयो । अर्थमन्त्री कार्कीले पूँजीगत खर्च भए, नभएको अनुगमन गर्ने कार्ययोजना पनि सुनाउनु भयो ।
अर्थ मन्त्रालयले चेकको भुक्तानी एक महिना भित्र गरीसक्न पनि सम्बन्धित निकायलाई सचेत गराएको छ । अर्थमन्त्री कार्कीले एक महिना भित्र चेक सटही गरिसक्ने कानुनी व्यवस्था परिपालना गर्न सम्बन्धित निकायलाई सचेत पनि गराउनु भयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend