logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा चार नेपाली खेलाडी सहभागी


  • जन आकाश
  • बिहिबार, साउन १२ २०७४

काठमाण्डौं । थाईल्याण्डको चाङमाई सिटीमा यहि साउन १० देखी १६ गते सम्म सञ्चालन हुने एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा चार नेपाली खेलाडिहरुले सहभागिता जनाएका छन् । तङ्ग इल मोदो संघ नेपालको तर्फबाट निमा बिष्ट, भिम कुमारी चौधरी, संजिव कुमार चौधरी र तेज बहादुर सिहले सहभागिता जनाएको तङ्ग इल मोदो संघ नेपालका उपाध्यक्ष ईश्वर भट्टले जानकारी दिए ।
मार्सल आर्ट मार्फत शान्तिलाई बढवा दिने उदेश्य सहित खेलको आयोजना गरिएको हो । खेलको माध्यमबाट धर्म, संस्कृति, जाति भन्दा माथी उठेर खेलको माध्यबाट भाईचाराको सम्बन्ध स्थापीत गराउने छ ।
विश्वका दजनौ देशबाट तङ्ग इल मोदा तथा अन्य मार्सल आर्टका खेलाडिहरुको समेत सहभागिता रहेको छ । अठार बर्षदेखि ५५ बर्ष सम्मका खेलाडिहरुको सहभागित रहने एसियाली मार्सल आर्ट च्याम्पीनसीपमा तौल समुहको आधारमा प्रतिस्प्रर्धा गराईने छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend