logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी एक्सप्रेस मनि ट्रान्सफरमा समस्या


  • जन आकाश
  • बुधबार, साउन ३२ २०७४

काठमाडौं । नेपालीहरु विवशताले गर्दा विदेश गई लाखौं युवाहरु काम गरी रहेका छन् । ती विदेशमा काम गर्ने नेपालीहरुको पसिनाबाट आर्जन गरेको रकम विदेशबाट नेपालमा पठाउन थुपै्र रेमिट्यान्स कम्पनीहरु स्थापना भएका छन् । कतिपयले ग्राहकलाइ सुविधा दिएर मन पनि जितेका छन् । तर सिटी मनि ट्रान्सफरले भने विदेशमा काम गरि रहेका नेपालहीहरुको पैसा नेपालमा पठाउन विदेशमा पनि विभिन्न देशमा शाखा खोलेर काम गरिराखेको छ । तर त्यो सुविधा दिनलाई होइन ग्राहकलाई दुःख दिनको लागि त्यो काम गरेको भुक्तभोगीहरुको गुनासो रहेको छ ।
सिटी एक्सप्रेसको प्रर्याप्त नेपालमा शाखाहरु छैनन् र उसले बैैंकहरुसँग तालमेल गरेर काम गरेको छ । गत हप्तादेखि सिटी एक्सप्रेसबाट पैसा ट्रान्सफर गर्नेहरु कुन दिनमा सिटी एक्सप्रेसमा पैसा हालिएछ भनेर पछुताउन थालेका छन् । साउदीबाट बुढाले पैसा पठाएको एकहप्तासम्म एक महिलाले पैसा पाएकी छैनन् र दिनहुँ सिटी एक्सप्रेसको कार्यालयमा धाइराखेकी छन् कहिले सिष्टम बिग्रेको भन्छ, कहिले तपाइको डाटा देखाएन भन्छ, उता बुढालाई सोध्दा ७ दिन अगाडी पैसा हालेको र पिन नं. दिएको छ । ती महिलाको भनाइलाई आधार मान्ने हो भने सिटी एक्सप्रेस नामक मनि ट्रान्सफर विदेशमा गएर काम गरिरहेका र नेपालमा भएका विदेशका आफन्तलाई दुःख, पिडा, हैरान बनाउने ठगहरुको संस्था हो भन्दै ती पीडितले बताइरहेकी थिइन् भने अर्को एकजना ग्राहक कुमारी राईले पठाएको पैसा लिन सिटी एक्सप्रेससँग समन्वय गरेको एक बैंकमा पुगेका थिए । त्यहाँ पनि सर्भरको समस्याले पैसा नपाएर बसिरहेका थिए भने मान्छेको कहाँ कहाँ के के काम हुन्छ आइन्दा यस्तो गए गुज्रिएको सिटीबाट कसैले पैसा नपठाउने खत्तम ट्रान्सफर रहेछ भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
सिटी एक्सप्रेसको बेला–बेलामा यस्ता समस्या आइराखेका छन् । उसले लिगल पेसा भन्दा पनि अन्य काम गर्न सिटी एक्सप्रेस कम्पनी खोलेको काम चै अर्कै धन्दा गर्ने गरेको समेत विभिन्न मिडियामा यो भन्दा अगाडि पनि आइसकेबाट पक्कै पनि यस्ता बदनियत, कुनियोजित काम गर्ने सिटी जस्ता जनतालाई दुःख दिनेहरुलाई बेलैमा सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्छ होइन भने भोलिका दिनमा थुप्रै नेपालीहरुले दुःख पाउन सक्छन् । अर्को अंकमा थप प्रमाणसहित विस्तृतमा सिटीको ठगी धन्दा प्रस्तुत गर्नेछौं पढ्न नभुल्नुहोला ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend