logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई लाइफ इस्योरेन्स कम्पनीको व्यवसाय शुभारम्भ


  • जन आकाश
  • शुक्रबार, भाद्र २ २०७४

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईज्यूले काठमाडौंमा आयोजित एक बिशेष समारोहकाबीच गर्नुभयो ।
बीमा समितिबाट २०७४ असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति प्राप्त गरेको थियो । अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरि कारोवार शुभारम्भ गरेको हो ।
बीमा समितिका अध्यक्ष श्री चिरञ्जीवी चापागाँईज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न शुभारम्भ कार्यक्रमको सभापतित्व आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष डा. रामहरि अर्यालज्यूले गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष श्री दिपप्रकाश पाण्डेले कारोवार शुभारम्भको अवसरमा शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा आइएमई लाइफ इस्योरेन्सका महाप्रबन्धक राकेश पोखरेलले आमन्त्रित अतिथीहरुलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रमलाई संबोधनगर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरु मध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend