logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी एक्सप्रेसको अर्को पर्दाफास


  • जन आकाश
  • मंगलबार, भाद्र ६ २०७४

काठमाडौं । सिटी मनि ट्रान्सफरबाट पैसा पठाउँदा हुने हैरानीको कथा रोचक छ । गत हप्ता एकजना ग्राहकले कलंकी काउण्टरबाट झापाका लागि पठाएको रु. ३०००० झापाको काउण्टरले तीन किस्तामा मात्र ग्राहकलाई उपलब्ध गराएपछि पहिलो किस्ता २२००० हजार, दोस्रो किस्ता ५०००, तेस्रो किस्ता ३००० गरेर एकहप्ता लगाएर मात्र पैसा दिएछ भन्दै हाम्रो जन आकाश राष्ट्रिय साप्ताहिकको कार्यालयमा पैसा पठाउने ग्राहकले यो वास्तविकता सुनाएका छन् ।
मनि ट्रान्सफर भनेको तुरुन्तै एक ठाउँबाट पैसा पठाउने वित्तिकै अर्को ठाउँबाट निकाल्न मिल्ने सुविधाका लागि मनि ट्रान्सफरहरु खोलिएका हुन्छन् । र तिनले त्यो सुविधा दिएवापत केही रकम पनि लिन्छन् तर सिटी एक्सप्रेस मनि ट्रान्सफरले त सोझा सिधा ग्राहक परेछ भनेत पैसा नै न पाउने होकि भन्ने चिन्ता ती लगातारका घटनाले देखाई रहेको छ । यो कम्पनी प्रति छिटोभन्दा छिटो सम्बन्धित निकायको ध्यान जानुपर्छ अन्यथा सिधा, साधा विदेशमा रहेर दुःख गरेर पठाएको रकम कुनै पनि दिन सिटी एक्सप्रेसले एकमुष्ठ लिएर भाग्न सक्ने सम्भावना एकपछि अर्को घटनाले पुष्टि गर्दै लगेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend