logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्रीको भ्रमण टोलीमा महासंघको टोली पनि समावेश


  • जन आकाश
  • बुधबार, भाद्र ७ २०७४

काठमाडौं । बुधवारबाट शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक भारत भ्रमणमा नेपाल निर्माण व्यवसायी महासंघको टोली पनि संलग्न भएको छ । महासंघको तर्फबाट अध्यक्ष शरदकुमार गौचन, उपाध्यक्ष भीमबहादुर साउद र महासचिव रामशरण देउजा प्रधानमन्त्रीको भ्रमण टोलीमा संलग्न हुनुहुन्छ । भ्रमणका क्रममा महासंघको टोलीले भारतीय उद्योगी व्यवसायीहरुसँग नेपालको निर्माण क्षेत्रको विविध पक्षका बारेका छलफल गर्नेछ । साथै नेपालको निर्माण क्षेत्रमा लगानी गर्न समेत नेपाली टोलीले भारतीय टोली समक्ष आग्रह गर्ने भएको छ । महासंघको टोलीलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्ष रुद्र शर्मा, उपनिर्देशक प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतले बिदाई गर्नु भएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend