logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

माओवादी केन्द्रका कार्यकर्ताले आप्mनै ब्यानर जलाए


  • जन आकाश
  • बुधबार, भाद्र २१ २०७४

वीरगञ्ज । वीरगञ्जमा आज मनोनयन दर्ता चलिरहँदा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले लामो समयसम्म पार्टीमा योगदान गरेका कार्यकर्ताहरुलाई अपमान हुनेगरी कुनै बेला माओवादीलाई जिउँदै जलाउन सक्रिय फोरमको व्यक्तिलाई २० नं. वडाको टिकट दिएको आक्रोशमा २० नं. वडाका अध्यक्षको टिकट दावी गरिरहेका समर्थक कार्यकर्ताहरुले पार्टी अध्यक्ष प्रचण्ड अंकीत व्यानर माओवादी केन्द्रको लगाइरहेको टिसर्ट झण्डा सबै जम्मा गरेर विरगञ्ज घण्टाघर चोकमा आगो बाली जलाएका छन् ।



त्यस अवसरमा जन आकाश मिडिया प्रा.लि.का अध्यक्षले तपाइहरुले किन यसरी माओवादी केन्द्रको झण्डा, ब्यानर, टिसर्ट जलाएको भनी सोध्दा हजारौं हजार सहिदको बलिदानबाट स्थापित पार्टीमा पैसाको चलखेलमा टिकट बेच्न पाइँदैन हामीले पार्टीमा पटक–पटक कुरा राख्यौं तर सुनुवाई भएन त्यसकारण विद्रो गरेका हौं भने ।

नेपाली काँग्रेसका मेयर भागे

यसैवीच एभिन्युजको लाइभ कार्यक्रममा घण्टाघर चोकमा बोल्दै थिए नजिकै माओवादी कार्यकर्ताले आगो बालेपछि प्रहरीको सुरक्षा लिँदै कार्यक्रमस्थलबाट नेपाली काँग्रेसका महानगरका मेयर त्यहाँबाट हतार हतार गरेर भागेको दृश्य पनि देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend