logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

असोज २५ देखि ३० सम्म चौथो दैलेख युथ कप खेल महोत्सव हुने


  • जन आकाश
  • बिहिबार, भाद्र २९ २०७४

खेल मैदान नहुँदा ९–९ जनाको टिम
काठमाडौं । असोज २५ देखि ३० गतेसम्म चौथो दैलेख यूथ कप खेल महोत्सव खुल्ला प्रतियोगित हुने भएको छ । दैलेख यूथ दैलेखले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । उक्त प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री राजन केसीले गर्ने आयोजकले जानकारी दिएको छ । यूथ दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीले दशंै तिहारलाई लक्षित गरि हरेक वर्ष खेलकुद महोत्सव गरिँदै आएको र यस वर्ष पनि आयोजना गरिएको जानकारी दिए । फुटबल १० वटा समुह र १२ वटा भलिबल समुहले भाग लिने आयोजकको अनुमान रहेको छ । दर्ता स्वरुप फुटबलतर्फ १० हजार, भलिबलतर्फ ५ हजार र व्याडमिन्टनको दर्ताको लागि २ हजार दर्ता शुःल्क लाग्ने अध्यक्ष शाहीले जानकारी दिएका छन् । फुलबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय बनाईसकेका रोहीत चन्दको जन्म दैलेखको चौराठा भएको बताउँदै अध्यक्ष शाहीले दैलेखमा क्षमतावान खेलाडीहरुको कुनै कमी नभएको स्पष्ट पारे । त्यस्तै प्रतियोगीताको पहिलो हुनेले फुटबलतर्फ १ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्लामञ्च टुडिँखेल दैलेखमा हुने उक्त प्रतियोगितामा दोस्रो हुनेलाई ५० हजार राशिले सम्मान गरिने बताउदै अध्यक्ष शाहीले भलिबलतर्फ पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार प्रदान गरिने जानकारी दिए । त्यस्तै व्याटमिन्टन प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend