logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुशल नेतृत्वका डीएसपी शरत थापाको कमाण्डमा समातियो ५० हजार अमेरिकी डलर


  • जन आकाश
  • बिहिबार, असोज ५ २०७४

काठमाडौं । प्रहरी संगठनभित्र कुशन छवी बनाएका डीएसपी शरत थापाले एक पछि अर्को गर्दै राम्रो काम गरेका छन् । उनले जिल्ला प्रहरी रसुवामा ५० हजार अमेरिकी डलर सहित एक चिनिया महिलालाई पक्राउ गर्न सफल भएका छन् । बिशेष सुराकीको आधारमा रसुवाको रसुवागढ़ी नाकाबाट चिनको केरुंगतर्फ प्रवेश गर्दै गरेकी ४७ बर्षिय महिला लि लिओनलाई अबैध अमेरिकी डलर सहित पक्राउ गरिएको रसुवा प्रहरी प्रमुख डीएसपी शरत थापाले यस अनलाइनलाई बताए । अनुसन्धानको क्रममा पक्राउ परेकी महिलाले काठमाडौको ठमेल र बौद्ध क्षेत्रबाट डलर संकलन गरेर उक्त डलर चिन लैजान थालेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतको दावी छ ।
‘एक सय दरका ४३५ थान र पचास दरका १३० थान सहित चिनिया महिलालाई पक्राउ गरेका छौ, बाँकि अनुसन्धान गर्दैछौ’ डीएसपी थापाले भने । पछिल्लो समय नेपालमा भइरहेको सुन तस्करीको लागी उक्त अबैध बिदेशी मुद्रा काठमाडौबाट संकलन गरेर चिन पु¥याउन लागिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend