logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

श्रवणको “गन्तव्य”


  • जन आकाश
  • सोमबार, असोज ९ २०७४

झुले झै हरिया बाला
म पनि त झुल्न सक्छु ,
भुले झै मौरि फुलमा
म पनि त फुल्न सक्छु ॥



नसक्ने के छ र यहाँ
सम्झाइ देउ बरु मलाइ ,
फुले झै गुलाफको फुल
म पनि त फुल्न सक्छु॥

हो याद छ मलाइ
पारिजातका कथाहरु,
बुने झै माकुरिले जाल
म पनि घर बुन्न सक्छु ॥

गन्तव्यमा पुग्नलाइ
डुल्ने गर्छ ऊ,
डुले झै हवाइजहाज
म पनि त डुल्न सक्छु॥

हिमाल पनि
त्यसै हिमाल भाको हैन ,

चूले झै हिँउ चट्टान माथि
म पनि त चुल्न सक्छु ॥

हार्नु मात्रै सबैथोक
सम्झि यहाँ बस्नेहरु ,
जितमा म खुसि हुन्छु
हारमा केहि सिक्न सक्छु ॥

झुले झै हरिया बाला
म पनि त झुल्न सक्छु ,
फुले झै गुलाफको फुल
म पनि त फुल्न सक्छु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend