जन आकाश
१२ असोज काठमाण्डौ – भुटानको थिम्पुमा भएको यु – १८को साफ च्यामपियन्सिपमा जितको उपाधिमा नेपालाले आफ्नो अधिकार जमाएको छ ।

गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–० ले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो । यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबावमा थियो ।
दिनेश हेन्जनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि खेलमा कुनै गोल भएन अनि उपाधी नेपालको भयो ।
प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend