logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमाले, माओवादी र नयाँ शक्तिबीच मिलन


  • जन आकाश
  • बुधबार, असोज १८ २०७४

 नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति भएको छ ।६ बुँदे सहमति पत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड र नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्।



तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आहृवान पनि गरेका छन् ।८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति नेताहरुबीच भएको छ। यस संयोजन समितिमा एमालेबाट ३ नेता, माओवादीबाट ३ नेता र नयाँ शक्तिबाट एक नेता सदस्य रहेछन्। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड यस समितिको प्रमुख नेताको भूमिकामा रहनेछन्।

पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ ।साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend