एमालेका पाँच शीर्ष नेता, को कहाँबाट चुनाव लड्दै छन्?
जन आकाश
शुक्रबार, असोज २० २०७४
असोज २०,काठ्माण्डौ (श्रवण कुमार घिमिरे ) काठमाडौं : आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले आ-आफ्नो उम्मेदवार चयन प्रकृया अगाडि बढाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो उम्मेदवार चयन गर्ने क्रम अगाडि बढाएको छ। यसै क्रममा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेता प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारका लागि चयन गरेको छ। हालसम्म एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा, वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौं, उपाध्यक्षद्वय वामदेव गौतम बर्दिया, भीम रावल अछाम र महासचिव ईश्वर पोखरेललाई काठमाडौंबाट उम्मेदवारमा सिफारिस गरेको छ।
केपी शर्मा ओली झापा- ५ बाट उठ्ने एमाले अध्यक्ष केपी शर्मा ओली आगामी मंसिरमा हुने संसदीय चुनावका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार चयन भएका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिको मंगलबार बसेको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो।
झापा-५ बाट एमाले अध्यक्ष ओलीले लगातार चुनाव जित्दै आएका छन्। ०६४ को पहिलो संविधानसभा चुनावबाहेक उक्त क्षेत्रबाट ४ पटक ओलीले चुनाव जितिसकेका छन्।
माधवकुमार नेपाल काठमाडौं- २ बाट उठ्ने एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं क्षेत्र नं २ बाट चुनाव लड्ने भएका छन्। एमाले काठमाडौं क्षेत्र नं २ ले प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो। २०७० सालको निर्वाचनमा नेपाल काठमाडौं- २ बाटै निर्वाचित भएका थिए। तर, उपनिर्वाचनमा भने नेपाली कांग्रेस विजयी भएको थियो।
एमाले काठमाडौं क्षेत्र नं- २ प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटिका संयोजक धनबहादुर अछामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा क्षेत्र र प्रदेश क्षेत्र तर्फको उम्मेदवार सिफारिस गरेको हो।
वामदेव गौतम बर्दिया- १ बाट उठ्ने एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन्। एमाले जिल्ला कमिटी बर्दियाले उपाध्यक्ष गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरेको हो। जिल्ला पार्टी कार्यालय गुलरियामा मंगलबार बसेको बैठकले सर्वसम्मतिमा गौतमको नाम छनोट गरेको छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गौतम बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वाचित भएका थिए। उनले एक क्षेत्र छाड्नुपर्ने भएकाले बर्दिया छाडेका थिए।
भीम रावल अछाम- १ बाट उठ्ने एमाले उपाध्यक्ष भीम रावल अछाम क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्। आगामी मंसिर हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले अछामको क्षेत्रीय समितिले क्षेत्र नं. १ मा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। रावल हाल सोही क्षेत्रका सांसदसमेत हुन्।
ईश्वर पोखरेल काठमाडौं- ५ बाट उठ्ने यसैबीच, एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट लड्ने भएका छन्। एमाले काठमाडौं क्षेत्र नं ५ ले प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका महासचिव ईश्वर पोखरेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो। एमाले प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं ५ की संयोजक रत्ना गुरुङको अध्यक्षतामा बसेको बैठकले पोखरेलको नाम सिफारिस गरेको हो।
२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ मा झिनो मत अन्तरले पराजित भएका पोखरेल पुन सोही क्षेत्रको उम्मेदवार बनेका छन्।
जन आकाश मिडिया प्रा. लि.
का.म.न.पा.- ०७, चाबहिल, काठमाडौँ।
फोन: +९७७-१-४१६७५७८
ईमेल: [email protected]
दर्ता प्रमाणपत्र नं. ११५/०७३–७४
Wie zich over zumo spin informeert, vindt al snel aanwijzingen voor een doordacht en goed onderhouden platform. De live chat is met één klik vanuit elke casino-sectie bereikbaar. Taalkiezers maken een snelle wisseling tussen Nederlands en andere talen mogelijk. Een professioneel risk management team zorgt voor naleving van alle regelgevende vereisten. Populaire klassiekers zoals Book of Ra, Starburst en Gonzo’s Quest zijn vanzelfsprekend aanwezig. Crypto-uitbetalingen worden meestal binnen 10 tot 30 minuten bevestigd. In mobiele modus zijn alle bonusfuncties volledig beschikbaar. Affiliateprogramma’s geven spelers de mogelijkheid andere gebruikers te werven. Ook klassieke pokervarianten zoals Casino Hold’em worden in live vorm aangeboden. In totaal laat het platform een volwassen en coherente indruk achter.
De verwachtingen van veel spelers worden door spinpanda online casino niet alleen vervuld maar op sommige punten zelfs overtroffen. Speciale formats zoals Speed Roulette versnellen het spelverloop voor ongeduldige spelers. Mobiele uitbetalingen zijn even snel en veilig als via de desktopversie. Spelersranglijsten in toernooien zorgen voor gezonde competitie binnen de community. Filtermogelijkheden maken het sorteren mogelijk op aanbieder, uitkeringspercentage of volatiliteit. Telefonische ondersteuning biedt een alternatief contactkanaal voor complexere vragen. Meerdere betalingspartners zorgen voor hoge beschikbaarheid van de kassadiensten rond de klok. Het VIP-programma is in meerdere niveaus opgedeeld en beloont langetermijnactiviteit op het platform. Of het nu gaat om korte sessies of uitgebreide speelavonden, het casino biedt altijd passend aanbod.