logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश


  • जन आकाश
  • शुक्रबार, असोज २० २०७४

नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदबाट राजीनामा घोषणा गरेका नवराज सिलवाल शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।



पार्टी प्रवेशका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीकै गाडीमा कार्यक्रमस्थल पुगेका सिलवाललाई एमाले कार्यकर्ताले ओलीलाई भन्दा बढी ताली र हुटिङबाट स्वागत गरे । ललितपुर गोदावरीका स्थायी बासिन्दा सिलवाल पार्टी प्रवेश भने काठमाडौं जिल्ला कमिटीको कार्यक्रममार्फत गरे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend