जन आकाश
सूर्य घिमिरे
यो असोज महिना चमत्कारी महिना बन्यो । माओबादी र ऐमाले विच एकता हुने । यसले सबै लोकतन्त्रवादी झस्कीए तर म भन्छु झस्कीनु पर्ने कुनै कारण छैन जव वामपन्थीको एकता हुन्छ तव फूटको काँडा पनि सँगसँगै हुन्छ । खास यो वढी सिट निर्वाचनमा कसरी ल्याउने भन्ने कुरोले एकता भएको हो । झस्कीनु पर्ने कारण छैन । यिनीहरु आफै जुटछन् पछि आफै फुट्छन एक अर्काको प्रयोग भएका छन त्यसमा बाबुरामको पाटी शुन्य भएपछि मिल्न आएको हो, उसलाई पनि निर्वाचन जित्नुछ अरु लछरपटार केहि गर्न सक्दैनन् किनकी लोकतन्त्र मास्ने शाहस यिनिमा छैन १० वर्षे जनयूद्धमा मावबादीले के ग¥यो लोकतन्त्र सखाप पार्ने नै अभियान थियो तर परिणाम के भयो के लोकतन्त्रबादिको अन्त्य गर्न सक्यो । वरुहजारौँको अनायक हत्या गर्यो आखिर उ कहाँ आउनु पर्यो यदि लोकतन्त्रको शरणमा संसदिय शासन प्रणाली स्वीकार गनुपर्यो । धुडा टेक्यो उग्रवामपन्थी धारले अहिले स्थानिय चुनाव वाट केहि उत्साहित र केहि अतालिएको कम्यूनिस्टहरु अव लोकतन्त्रवादी पार्टीको बर्चश्व हुने देखेपछि आगामी मंसिरमा हुने संघिय र प्रदेश निर्वाचनमा आफ्नु अस्तित्व समाप्त हुने देखेपछि वामएकताको मादल वजाएर एकतावद्ध भएकाछन् जव मादलको खरी छर्दछ तव मादल बज्न छाड्छ तब यो एकता पनि टुक्रिने छ त्यती वेला फेरी माववादी अलग , एमाले अलग, वाबुराम अलग, । डरमान्नु पर्ने कुरो छैन लोकतन्त्रवादीलाई कसैले हटाउन सक्दैन मात्र लोकतन्त्र वादी लाई हराउने सक्ने भनको स्वयंम् लोकतन्त्र वादि नै हो । जव यिनिहरुको तानाशाहि व्यावहारमा परिर्वतन हुन्छ तव मात्र लोकतन्त्र हार्दछ नत्र कसैले पनि अव नेपालवाट लोकतनत्र हराउन सक्दैन त्यसैले कम्यूनिस्ट एकता देखि कोही त्रसित नभए हुन्छ । अब लोकतन्त्र वादी सक्किन्छौँ भनेर वरु थप लोकतन्त्र वादिहरुको संख्या बढ्नेछ, किनकी इतिहास साँचि छ कम्यूनिस्टहरु खालि लोकतन्त्रवादिको हजिकोणमा एक भएका छन चाहे त्यो जनआन्दोलन २०६४ को घटना होस चाहे २०६२÷०६३ को जन आन्दोलन ले झै नेतृत्व लोकतान्त्री दललेनै गरेको इतिहास लाई अहिलेको बाघको छाला ओढ्ने कम्यूनिष्टले पनि नकार्दैनन् । उग्र राष्ट्रवादिको नारा दिएर जनता भट्काउने दिन गए । एकताको टाउकोहरु हेर्नुस् त सवै ब्राह्मनवादी र सामन्ती तथा पुँजीबादी संकार वोकेका अढबैसे वुढाहरु । म त्यो भन्दछु कि यिनिहरु कसरी प्रगतिसील भए । खास गरी भाषणमा न त यिनमा त्यो भावना छ । मेरो हजुर बाले भन्नु हुनथ्यो नाति कम्यूनिस्ट भनेको हात्तीको २ वटा दाँत हो । एउटा देखाउने अर्को चबाउने । देखाउने दाँतले उनिहरु हामी लोकतान्त्रीक, समावेशी शाश्त्री, जनहित बादि भन्दछन् भने अर्को चबाउने दाँतले जनतालार्ई रैति बनाउने, दास वनाउने, एनिमल फर्मको उपन्यासको चरित्रलाई आफ्नो मूख्य उद्देश्य बनाउँछन् । त्यसैले बाम एकता भनेको महेन्द्र पदको एकता हो । खालि आफु कसरी निर्वाचन जित्ने र सत्तामा प्रभाव पार्ने लोकतन्त्रको समाप्ती कसरी गर्ने एकता नै एकता हो अरु केहि होईन । यो एकता हुन नत चिनको सहयोग छ नत भारतको फगतउग्र ब्राहमण बादी सोचको उपज हो । जस्ले अफ्नो प्राण रहेसम्म पुजन र स्वस्तीक गरिरहुन भन्ने कुसदीक्षा हो त्यसलेै सबै लोकतन्त्र बादीहरु एकभएर यो एकतालाई निर्वाचनकै माध्ययम बाट प्रष्त गर्नुपर्छ तब मात्र अहिले पाएको संधियता, गणतन्त्र र लोकतन्त्र बाँच्ने छ । नत्र उत्तर कोरीयाको शासन व्यवस्थ झै दासत्त्व ग्रहण गर्न बाध्ये हुनेछौँ । हुन त यिनिहरुसँग मेरा कुनै भैरवभाव छैन तर जब म मा राजनितिको चेतना पस्यो तब ४ बिगा जग्गा दिन्छौँ । जस्को जोत उस्को पोत हुन्छ भन्थे । सत्तामा आए भोत पनि जनताले दिए तर केहि गर्न सकेनन् । सारा बाम नेताहरुले राष्ट्रीय करणका कुरा गर्दथे के उनका घर जग्गा राज्यलाई सुम्पिएका छन् । कोहि कम्युनिष्ट जोगि भएका छन् छेैनन् बरु लोकतन्त्रबादी जोगि भएका छन् । उनको घर सम्पति उनिहरुले नै कहिले झपा हुन्छन त कहिले जन विद्रोहका नाममा भट्काएका र मासिदिएका छन् । झुटको खेति गर्न खप्पिस बामहरु सर्पलाई दुध पिलाएर डस्दैन भन्ने ग्यरेन्ति हुन्छ भन्न सकिदैन । जसको उदाहरण ११ वर्ष पछि देखिनलागेको छ । त्यसैले मेरा माया ले भन्नु हुन्थ्यो गधालाई धोएर गाँई हुदैन कसरी म पत्याउछु कि कम्युनिष्टहरु लोकतन्त्र बादी हुन सक्छन् । अवसरबादको राजनिति गर्ने र प्रयोग बादि दर्शनलाई बोक्ने कम्युनिष्टहरुको मूख्य विशेषता हो । जस्को चपेटमा राणा र राजा हटाउने दलहरु समेत परेको छ । अहिले टाउकोमा हात राखी सोच्दैछ मैले यिनिहरसँग मिलेर नजानुपर्ने ।
राजापुर बर्दिया
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend