जन आकाश
नरेन्द्रजंग थापा जनताका निम्ति, लोकतन्त्रको लागि र राष्ट्रियताको पक्षमा सधैं अडिग रहेर समाज विकास गर्दै आउनु भएको व्यक्तित्व हुनुहुन्छ । उहाँले विगत धेरै त्याग, तपस्या गर्दै काँग्रेसमा अरुलाई अगाडी लगाएर धेरैलाई सफलता हाँसिल गराइसक्नु भएको छ भने यसपटक अन्तिम र आफैँ सफलताको शिखर चुमेर राष्ट्र र जनताको सेवा गर्ने चाहना राख्नु भएको छ ।
सिन्धुली प्रतिनिधि दोर्ण पराजुली
काठमाडौं । सिन्धुली जिल्लाबाट नरेन्द्रजंग थापाको नाम नेपाली काँग्रेस सिन्धुली जिल्ला समितिले सर्वसम्मत सिफारिस गरिसकेको छ ।
नेपाली काँग्रेसभित्र २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रतिनिधि चयन गर्न अन्य जिल्लाहरुबाट धेरै नै आकांक्षी हुँदा नेपाली काँग्रेसलाई सकस भइरहेको बेलामा सिन्धुलीको २ नं. बाट सबैभन्दा लोकप्रिय जनताको सेवामा निरन्तर काम गरिरहनुभएको र त्यहाँ सिन्धुली जिल्लाका काँग्रेस कार्यकर्ताहरुमा समेत सबैको मन जित्न सकेकै कारण सर्वसम्मतिबाट प्रतिनिधिसभाको लागि सिफारिस भएको काँग्रेस सिन्धुली जिल्ला समितिले जानकारी दिएको छ ।
नरेन्द्रजंग थापा नेपाली काँग्रेसको इतिहासमा उल्लेखित व्यक्ति हुन् भने पूर्व जि.वि.स. सभापति समेत रहीसक्नु भएका थापाको सामाजिक भूमिकामा र सिन्धुली जिल्लाका जनताको आँखाको नानी, जनताको अपार माया समेत उहाँले पाउँदै आउनु भएको छ । २०२८ सालमा कालो काँग्रेसको रुपमा काम गर्दा राजनीतिक जेलजीवन समेत व्यहोर्नु भएका थापाले थुप्रै उकाली, ओराली, संघर्ष, त्याग, तपस्या गर्दै नेपाली काँग्रेसमा धेरै काम गरेर यसपटक प्रतिनिधिसभाको लागि उम्मेदवारी पेश गर्नुभएको हो भने त्यहाँका थापालाई चिनेजानेका स्थानीय जनताले बताएका छन् । नेपाली काँग्रेसका कार्यकर्तामा मात्रै सीमित नभएर उहाँले सिन्धुली जिल्लाका अन्य पार्टीका सदस्यले समेत उहाँलाई रुचाएको हुँदा सिन्धुली २ मा नरेन्द्रजंग थापाको जित हुने अनुमान निर्वाचन पूर्व नै गर्न थालिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend