logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमालेमा रुवावासी, पोखरेलको घरमा धर्ना, बामदेवको मुड अफ


  • जन आकाश
  • बिहिबार, कार्तिक २ २०७४



काठमाडौं । वाम एकताको किचलोले नेकपा एमालेमा रुवावासी चलेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रविच वाम तालमेल गरी चुनावी अभियानमा जाने पार्टीगत निर्णय गरी एमालेले इमान्दार र पुराना कार्यकर्तालाई स्थान नदिइ थन्क्याउन खोजेपछि रुवावासी चलेको हो ।

माओवादी र एमाले मिलेर चुनावी मैदानमा जाने निर्णय सँगै सिट संख्याको तालमेल मिलाउँदा एमाले अध्यक्ष केपी ओलीले आफ्नो चाकडीमा समय दिएकालाई र एमाले प्रवेश गरेका चैतेहरुलाई प्रथमितामा राखेर इमान्दार, निष्ठावान, त्यागी, सक्षम र कम्युनिष्ट आन्दोलनलाई बुझेका कार्यकर्ताहरुलाई अछुतो जस्तो व्यवहार गरेर विभेद गरेपछि यसको मार माहासचिव इश्वर पोखरेल माथि परेको छ । टिकट वितरणमा ओली निकट मानिएका पोखरेलले कसैलाई काखा कसैलाई पाखा गरेपछि अन्यायमा परेको भन्दै तमाम कर्यकर्ताहरु उनको निवासमा धर्ना दिइरहेका छन् ।

एमालेका कार्यकर्ताहरु ओलीले गरेको अन्यायलाई सच्याउनु प¥यो भन्दै बरिष्ठ नेताहरु माधव नेपाल, बामदेव गौतम र झलनाथ खनालको निवासमा धर्ना दिइरहेका छन् । पार्टीमा कसैसँग छलफल नै नगरी अध्यक्षले एकतर्फि रुपमा कार्यकर्ताहरुको योगदानको मुल्याङ्कन नगरी मनलाग्दी किसिमले टिकट वितरण गरेपछि वामदेव गौतमको मुड अफ भएको छ । उनले कार्यकर्ताको प्रेसर खेप्न नसकी मोवाइलसमेत स्विच अफ गर्नुपर्ने अवस्था आएको एक नेताले बताए ।

वाम तालमेलको आशा र भरोसा बोकेर हिडिरहेका कार्यकर्ताहरुलाई यतिवेला पार्टी अध्यक्षको व्यवहारले निकै चिन्तित बनाएको भन्दै पुर्व पार्टी अध्यक्ष झलनाथ खनालले समेत आक्रोस पोखेका छन् ।

अध्यक्षको आलोचना गर्दै आएका बरिष्ठ नेता माधव नेपाल पनि यतिखेर निकै तनावमा देखिएका छन् । ओलीलाई तह लगाउन सक्ने भनेर चिनिएका नेपालको भरोसा गरीरहेका कार्यकर्ताले समेत टिकट नपाएपछि झन् तनाव सिर्जना भएको छ । पार्टी कार्यकर्ताले ठोस डिसिजन लिन दावाव दिएपछि आक्रोसित हुँदै नेता नेपालले ओलीलाई तुरुन्तै गल्ती सच्याउन र समावेशी किसिमले सवैलाई समेट्दै अध्यक्षको भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend