logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप बाट मोहन कार्की मनोनयन


  • जन आकाश
  • आइतबार, कार्तिक ५ २०७४

नेपालको इतिहासमा संघिय गणतन्त्र स्थापना भए पछि एतिहासिक संघिय निर्वाचन हुँदैछ र हिमाली जिल्लाहरुमा यहि असोज ५ गते मनोनयन दर्ताको प्रक्रिया निर्वाचन आयोगले समय सिमा तोकेको छ।



त्यो समय सिमा भित्र आज रामेछाप जिल्लाबाट औपचारिक रुपमा नेकपा मालेबाट प्रतिनिधिसभाको लागि मोहन कार्कीले रामेछापका इमान्दार जनताको समर्थनमा मनोनयन  दर्ता  गर्नु भएको छ ।

कार्की नेपाल पत्रकार महा संघ काठमाडौं शाखाका सदस्य समेत हुन भने रास्ट्रवादी देश्भक्त आन्दोलन्को केन्द्रमा रहेर स्वतन्त्र नेपाल सर्वभौमसत्ता सम्पन्न नेपाल र समृद साथै बृहत् रामेछापको विकास र सिङ्गो नेपालको उन्नती र प्रगती सम्भाबित विकाशको मोडल सक्षम युवा नेता समेत हुन् ।

कार्किले आजै रामेछापको मिडिया सङ कुराकानी गर्ने क्रममा रामेछापको विकासनै आफ्नो एजेण्डा भएको बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend