logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य सहभागीता


  • जन आकाश
  • सोमबार, पुष १७ २०७४

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको चौथो दिन पनि अवलोकन कर्ताको उत्साहजनक सहभागीता रहेको छ । सो अवसरमा हजारौ आगन्तुकहरुले प्रर्दशनीलाई अभिरुची पुर्वक अवलोकन गरेका छन् । यो प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनले गरेको हो । यो प्रदर्शनी पौष १३ गते देखि शूरु भएको हो । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ ।
हालसम्म प्रदर्शनीमा करिब ५५ हजारले अवलोकन गरिसकेका छन् । यो प्रदर्शनीमा अघिल्ला प्रदर्शनीभन्दा अत्यन्त पृथक एवं व्यवस्थीत वनाइएको छ । जसको फलस्वरुप कम्पनीहरुले आफ्नो स्टल व्यवस्थापनलाई भव्य बनाउन आकर्षक सजावट गर्नृुका साथै अन्तर्राष्ट्रिय स्तरको झझल्को प्रदान गरेका छन् । यस प्रदर्शनीमा सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् । यसै सिलसिलामा मेलामा आज ससस्त्र प्रहरी बलका महानिरिक्षक श्री सिंह बहादुर श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उमेशलाल प्रधान लगायतको उपस्थीती रहेको थियो । प्रदर्शनीमा आजनै प्रदर्शनीका प्रवद्र्धक वरिष्ठ कलाकार निर शाहले समे्त अभिरुचीपुर्वक अवलोकन गरेका छन् ।
यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रवर खेती एवं उत्पादन तथा अपाङ्गमैत्री जुत्ता उत्पादन रहेका छन् । यस मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । प्रदर्शनीको अवसरमा आईतवार पनि फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मलाको प्रदर्शनीस्थलमानै आयोजना गरिएको हो । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ । यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला÷पुरुष, बिद्यार्थी, कर्मचारी आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गरिरहेका छन् । आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाख जनाले अवलोकन गर्नेे आयोजकको अपेक्षा रहेको छ । यो मेला भोलि पौष १८ गतेसम्म चल्नेछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend