logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नीशा आमा बन्दै


  • जन आकाश
  • मंगलबार, पुष १८ २०७४

काठमाडौं । २०१८ को सुरुवातसँगै नायिका नीशाले आफ्ना फ्यानमाझ खुसीको खबर साटेकी छिन् । के हो त्यस्तो खुसीको खबर ? नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष लगनगाँठो कसेकी नीशा आमा बन्दैछिन् । नीशाले यो खुलासा सोमवार आफ्नो आधिकारीक फेसबुकमा तश्विर र स्टाटस लेख्दै गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् ।



उनको स्टाटसमा बैंकर अनिलकेशरी शाह, स्क्रिप्ट राईटर शान बस्नेत, नायक मुकेश आचार्य, निर्देशक प्रशन्न पौडेलसँगै नीशालाई उनका फ्यान र शुभचिन्तकले पनि बधाइको ओइरो लगाएका छन् ।

यसरी आफू गर्भवती भएको भनेर तश्विर शेयर विशेषगरि हलिउड र बलिउडका सेलिब्रेटीले मात्र गरेको देखिन्छ । निर्मात्री तथा अभिनेत्री अधिकारीले पनि यही ट्रेन्डलाई पछ्याउने काम गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend