logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मिस एण्ड मिसेस नेपाल—२०१८ जापानमा हुने


  • जन आकाश
  • बुधबार, पुष १९ २०७४

जापान । नेपाली कला संस्कृतिको जगेर्ना तथा बौद्धिक एवं अन्तरक्षमताको विकास गराउने उद्देश्यले जापानमा पहिलो पटक मिस एण्ड मिसेस नेपाल—२०१८ गरिने भएको छ । नेपालमा लामो समयदेखि सौन्दर्य प्रतियोगिता गर्दै आएको पल इन्टरटेन्मेन्ट र जापानको सिन्जोउ कर्पोरेसनको संयुक्त आयोजनामा टोकियो महानगरपालिकाको इतावासी शहरस्थित ओया ग्रिनहलमा १८ फेब्रुअरी २०१८ मा कार्यक्रम गरिने भएको हो ।



आयोजकका अनुसार कला संस्कृतिको प्रचारप्रसार र सौन्दर्यता, व्यक्तित्व, अन्तरक्षमताको विकासका लागि व्यावसायिक रुपमा नेपाली महिला प्रतिस्पर्धामा उत्रिन लागेका हुन् ।

प्रतिस्पर्धीलाई पारिवारिक र विद्यार्थी भिजामा जापानमा बसोबास गर्दै आएका महिलाले नेपालको कला सस्ंकृति, सुन्दरता बौद्धिक प्रतिभासहित अन्तरक्षमताका विभिन्न १५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो चरणको छनोट प्रक्रिया १ फेबु्रअरी र उत्कृष्टताका आधारमा अन्तिम छनोट १८ फेबु्रअरी २०१८ मा गरिनेछ । अडिसनमा छनोट भएकालाई ३ फेबु्रअरीबाट फिटनेश, सेल्फ मेकअप, हाँसो, फोटो सेसन, मिडियासम्बन्धी जानकारी र स्टेज पफर्मेन्स, क्याटवाक र मानव संशाधनलगायतका बारेमा तालीम दिइने आयोजक सिन्जोऊ कर्पोरेसनका प्रबन्ध निर्देशक उत्तमकुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रमको व्यवस्थापन गरेको डेस्टिनी क्रियसनका असिम बस्नेतका अनुसार लामो समयदेखि जापानमा बसोबास गर्दै आएका नेपालीले कला सस्ंकार जोगाउने पहिरन, पोशाक, रङदेखि गुन्यु, चोलो र नाक, कान, घा“टीमा लगाउने गहना र तिलहरीसहित सहभागिता जनाउन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend