logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआईसी एशियाले १ अर्बको सामुहिक लगानी कोष निष्काशन गर्ने


  • जन आकाश
  • मंगलबार, पुष २५ २०७४

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले १ अर्व रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट निष्काशन गर्नका लागि अनुमती प्राप्त भएको छ । माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गर्न लागिएको छ । क्रेडिट रेटिङ्ग एजेन्सी ईक्रा नेपाल लिमिटेडले यस क्यापिटल (कोष व्यवस्थापक)लाई ूृक्ष्ऋच्ब्ल्ए(क्ष्च्े ब्ःऋ त्तगबष्तिथ घ (ब्ःऋघ)ूतथा एनआईसी एशिया बैंकबैंक लिमिटेड (कोष प्रबर्द्धक) लाई ूृक्ष्ऋच्ब्ल्ए – क्ष्च्े ब्(ू गुणस्तर रेटिङ्ग प्रदान गरेको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले रु १ अर्ब बराबरको रु १० अंकित मूल्य दरका १० करोड ईकाइ सर्व(साधारणमा बिक्री गर्न लागिएको छ । मागभन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चीस करोड रुपैंया सम्म पु¥याउन सकिनेछ ।
म्युच्युअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिने कम्पनीले जनाएको छ । उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । कोष परिपक्व हुने समयमा लगानीकर्ताले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend