logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालयन बैंकको पूँजी ८ अर्व ११ करोड ४५ लाख


  • जन आकाश
  • सोमबार, माघ १ २०७४

काठमाडौं । हिमालयन बैंकको पच्चीसौं वार्षिक साधारण सभाले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्व ११ करोड ४५ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकले कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ । बैंकले चुक्ता पूँजीको २५ प्रतिशतले हुने एक अर्ब ६२ करोड २९ लाख पाँच हजार रुपैयाँ बोनस तथा १.३१ प्रतिशलले हुन आउने ८ करोड ५४ लाख १६ हजार रुपैयाँको नगद लाभांश वितरण गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरेको थियो । यसअनुसार पुस १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र बोनस प्राप्त गर्ने छन् । सभाले बैंकका अध्यक्ष अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३र७४ को प्रतिवेदन पारित गरेको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले नवीन, सुरक्षित तथा स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।
बैंकले यो वर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गर्ने जानकारी दिएको छ । त्यस्तै नेपाल सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्ने र देशका विभिन्न स्थानमा थप ए.टी.एम. सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ । हिमालयन बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २७ पैसा कायम गरेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend