logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनता बैंकको सञ्चालकमा ६ जना निर्वाचित


  • जन आकाश
  • सोमबार, माघ १ २०७४

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको १४.४ प्रतिशत बोनस सेयर पारित भएको छ । हालै सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरे बमोजिम बैंकले सेयरधनीलाई आ.व. २०७३।०७४ को मुनाफाबाट चुक्ता पुँजीको १४.४ प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । उक्त बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ पुगको छ ।
गत आवमा साविकका जनता बैंक नेपाल लि., त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएर बनेको यस जनता बैंक नेपालको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । यस साधारण सभाबाट ६ जना नयाँ संचालक समितिको सर्वसम्मत निर्वा्चित भएका छन् । साथै, आर्थिक वर्ष भित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा संजाल १२४ पुर्याउने लक्ष्य बैंकको रहेको छ । बैंकको हाल ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप र ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा कारोबार रहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend