logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

केदारनाथ पौडेल उठाउ धन्दामा


  • जन आकाश
  • मंगलबार, माघ १६ २०७४

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ अधिवेशनको लागि योगेन्द्र कर्मचार्य समूहबाट उपाध्यक्षको उम्मेदवार समेत रहेका केदारनाथ पौडेलले लोकतान्त्रिक समूहबाट उम्मेदवार भएका व्यक्तिहरुसँग व्यवस्थापन खर्च भन्दै मोटो रकम माग गरेको एक उम्मेदवारले नाम गोप्य राख्ने शर्तमा हाम्रो जन आकाश टिमलाई बताएका छन् ।
त्यसैगरी योगेन्द्रराज कर्माचार्य समूहबाट अहिलेसम्म १२ जनाले मात्र उम्मेदवारी दिएका छन् र अन्य ६१ पद खाली भएको ठाउँमा ठेक्का बढाबढ गरेजस्तै गरी जुन व्यक्तिले धेरै लाख तिर्न सक्छ त्यही व्यक्तिलाई उम्मेदवार बनाएर जतिसक्दो पैसाको बार्गेनिङ्गमा त्यो समूह देखिन्छ भने भित्रभित्रै केदारनाथ पौडेलको मूख्य भूमिकामा खाली राखेको दुईवटा वरिष्ठ उपाध्यक्ष, उपमहासचिवको लगायत पदहरुमा पनि मौका यही हो भन्दै व्यवसायी नै त्रसित हुने गरी लाखौलाखको बार्गेनिङ्ग गरिरहेको हाम्रो स्रोतले पत्ता लगाएको छ ।
यतिखेर लोकतान्त्रिक समुहबाट लोकतन्त्रमा आस्था राख्नेहरु र निष्ठापूर्वक यातायात व्यवसायीमा क्रियाशील व्यवसायीहरुलाई योगेन्द्रराज कर्माचार्यको टिमले व्यवस्थापन समेत हेरिरहेका पौडेलको पैसा उठाउ धन्दाका कारण लोकतान्त्रिक व्यवसायीहरु त्रसित बनेका छन् भने जिल्ला जिल्लाबाट चितवनमा आउँदै गरेका व्यवसायीहरुले कुनै पनि बेला केदारनाथ पौडेलको समुहमाथि पैसा मागेको झोंकमा आक्रमण गर्न सक्ने सम्मको वातावरण बन्दै गएको देखिन्छ ।
स्मरणरहोस् नेपालमा संघ संस्था खोल्नु सामाजिक काम गर्नु राम्रो कुरा हो । तर नेपालमा संघ संस्थाको नाममा टाठाबाठाले सोझा सिधा इमान्दारहरुलाई यो वा त्यो बाहना देखाएर अनाधिकृत रुपमा रकम असुल गर्ने र जुन शिर्षकमा भनेर उठाएको रकम छ । त्यो दुरुपयोग गरेर आफ्नो स्वार्थसिद्ध पूर्ति गर्ने देखिँदै आएको छ । यो प्रबृत्ति बढ्दै गएको देखिन्छ । त्यसकारण सरकारले यस्ता निकायहरुमा मापदण्ड बनाई नियन्त्रण गर्ने र सरकारी कर्मचारीले २० हजार घुस लिँदा अख्तियार लाग्ने तर संघसंस्थाका नाममा भइरहेको अनियमिततालाई छुट दिने हो भने गरि खाने वर्ग कहिल्यै माथि उठ्न सक्दैन बेलैमा ध्यान पुगोस् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend