जन आकाश
काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघको १८औं अधिवेशन सुरु भएको छ । राजधानीको सभागृहमा उपराष्ट्रपति नन्दकिशोर पुनले विषेश कार्यक्रम माझ अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन पश्चात उपराष्ट्रपति पुनले नेपालको व्यापारघाटा चरम रुपमा बढेको हुँदा आयातलाई भन्दा निर्यातमा बढी जोड दिनुपर्ने बताए । उनले संघको १८ औ अधिवेशनको सफलताको शुभकामना पनि दिए ।
संघमा खड्का र पौडेलको प्रतिश्पर्धा
नेपाल हिमालय सिमापार वाणिज्य संघको अधिवेशन सुरु भएसँगै आगामी नेतृत्व कसले लिने भन्नेमा कडा प्रतिश्पर्धा देखिएको छ । संघलाई नेतृत्व दिन अध्यक्षमा यतिवेला अमृत कुमार खड्का र बच्चु पौडेलविच कडा प्रतिश्पर्धा देखिएको हो । भोलि हुने निर्वाचनको लागि दुबै पक्षले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दुवै समूहले आफ्नो आफ्नो प्यानलसहित नाम सार्वजनीक गरेका छन् । जसमा खड्का समूहवाट अध्यक्षमा अमृत कुमार खड्का, बरिष्ठ उपाध्यक्षमा टपेन्द्र कुमार तिमल्सीना, प्रथम उपाध्यक्षमा कृष्ण खत्री, उपाध्यक्षहरुमा रमेश वराल, कुमार श्रेष्ठ, मोहन संग्रौला, विष्णु प्रसाद आचार्य रहेका छन् । त्यस्तै महासचिवमा गंगाबहादुर घिमिरे(सागर) वरिष्ठ सचिवमा भरत कार्की(निर्विरोध निर्वाचित भइसकेका) कोषाध्यक्षमा केदार थार्पा(निर्विरोध निर्वाचित भइसकेका) सह कोषाध्यक्षमा ओमनाथ घिमिरे(निर्विरोध निर्वाचित भइसकेका) र सचिवहरुमा भक्त पराजुली, चक्र प्रसाद पौडेल(सागर), प्रेम लामा, ध्रुव भण्डारी रहेका छन् ।
नेतृत्व प्रतिश्पर्धामा पौडेल समूहबाट अध्यक्षमा बच्चु पौडेल, बरिष्ठ उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामहरि कार्की उपाध्यक्षहरुमा अर्जुन कार्की, सुरेश श्रेष्ठ, नविन थापा, यादव राज पाण्डे, महासचिवमा होमनाथ तिमल्सीना(नवराज) सचिवहरुमा गृविन्द्र चौंलागाई, दिपक श्रष्ठ, सुजित बस्नेत, लोप्साङ शेर्पा रहेका छन् ।
अधिवेशन सुरु भएसँगै दुवै समूहले संघमा आवद्ध सदस्यहरुलाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेका छन् भने दुवैले आगामी नेतृत्वका लागि आवश्यक एजेण्डा पनि प्रस्तुत गरेका छन् । निकै प्रतिष्ठा बोकेको संघले नेपाल चिनको व्यापारलाई सहजिकरण र चिन नेपालको कुटनीतिक सम्बन्धमा समेत निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
अधिवेशनको उद्घाटन सत्रबाटै निवर्तमान अध्यक्ष बनेका विष्णु बहादुर खत्रीको कार्यकाल सफलतापूर्वका सम्पन्न भएकोमा आम सदस्यले धन्यवाद दिएका छन् । उक्त अवसरमा प्रमुख अतिथि, विषेश अतिथि, चिनियाँ बाणिज्य दूतलगायत अतिथि गणहरुलाई अध्यक्ष खत्रीले मायाको चिनो प्रदान गरेका थिए ।
कुमार कार्की मौन
उपाध्यक्षकोसमेत जिम्मेवारी निर्वाह गरिसकेका र संघमा महत्वपूर्ण भूमिका खेल्दै आएका कुमार कार्की नयाँ नेतृत्व चयन प्रक्रियामा मौन देखिएका छन् । उनले अहिले सम्म कसैलाई समर्थ वा विरोधको छनक दिएका छैनन् । यद्यपी हाम्रो प्रश्नको जवाफमा कार्कीले आफु स्वस्थ प्रतिश्पर्धाको पक्षमा र संघको उन्नतीको लागि जसले नेतृत्व लिएपनि त्यसलाई समर्थन र सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend