logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हिमालय सिमापारमा धर्मलालको सदस्यमा उम्मेदवारी


  • जन आकाश
  • शनिबार, माघ २७ २०७४

काठमाडौं । हिमालय सिमापार वाणिज्य संघमा अधिवेशन सँगै तातिएको चुनावी माहौलमा लामो समयदेखि सिमापार व्यापारमा सक्रिय धर्मलाल श्रेष्ठले पनि सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।



सिन्धुपाल्चोकमा जन्मिएका श्रेष्ठले डेढ दशकभन्दा बढी व्यापारीक क्षेत्रमा विताइसकेका छन् । निरन्तर व्यापारीक क्षेत्रमा काम गर्दै आएका र शालिन स्वभावका कारण कसैलाई नविझाउने श्रेष्ठलाई सबै सदस्यहरुले योग्य उम्मेदवारको रुपमा हेरेका छन् । आफ्नो उम्मेदवारी सवै व्यवसायी र व्यापारीको हितमा काम गर्ने उदेश्यले आएको हुँदा श्रेष्ठले सबै सदस्य साथीहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।

उनले कुनै पनि सदस्य साथीहरु नझुक्युन भनेर उम्मेदवारी क्रमसंख्या २६ नम्बरमा चिन्ह लगाई मत दिन पनि आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend