logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल राष्ट्रिय व्यवसायी महासंघको पहिलो महाधिवेशनको भव्य तयारी


  • जन आकाश
  • मंगलबार, फाल्गुन १ २०७४

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको पहिलो ऐतिहासिक महाधिवेशनको भव्य तयारी अन्तिम चरणमा पुगेको छ । महासंघले यहि फागुन पाँच गते हुने महाधिवेशनको भव्य तयारी अन्तिम चरणमा पुगेको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
करिब ६महिना अगाडी मात्र काठमाडौं, झक्तपुर, ललितपुर भित्र रहेका १८ वटा व्यवसायीक संघहरु आबद्ध भइ नेपाल राष्ट्रिय व्यवसायी महासंघ गठन गरिएको थियो । महासंघको स्वरुपमा आएपछि नरेश कटुवालको अध्यक्षतामा तदर्थ समितिले कार्य सम्पादन गर्दैै आएकोमा यसको पूर्णताको लागि महाधिवेशन गर्न लागिएको हो ।



महासंघको महाधिवेशनको तयारीबारे वोल्दै अध्यक्ष कटुवालले संस्थागत रुपमा व्यवसायीक वातावरणको निर्माण गर्न र आवश्यक भूमिका खेल्न सरकारसँग माग गरे । उनले व्यवसायीक सुरक्षा, चाडपर्वको मुखमा मात्र गरिने अनुगमन अताङ्क, भन्सारको झन्झटिलो प्रक्रिया, ढुवानीको सिन्डिकेटलगायत व्यवसायीका समस्यालाई समाधान गर्न सरकारकले ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै महासंघमा आवद्ध सदस्यहरुले व्यवसायीक हकहितको लागि महासंघ अपरिहार्य भएको र सवै व्यवसायीहरुमा यो पहिलो ऐतिहासिक महाधिवेशनले उर्जा थपिनेमा विश्वस्त रहेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend