जन आकाश
फाल्गुण
३, दाङ्ग । आइएमई ग्रुपका अध्यक्ष एवम ््नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीकआर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशकोबीचमा स्वस्थप्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ ।
“उद्योग ,व्यापार, कृषि पर्थटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास”भन्ने मुलनाराका साथ दाङ्ग उद्योग वाणिज्य संघको आयोजनामा आज घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधनगर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
उपाध्यक्ष ढकालले छिमेकीमित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधादिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमापनि हुन पर्ने बताउनु भयो ।
एशियाकै दोस्रो ठूलो उपत्यका दाङ्गमा कृषिपर्यटन र खानीउद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमास्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानीगर्न चाहने इच्छुक सबैसंग मिलेर कामगर्न नेपालउद्योग वाणिज्य संघ सदैव तयार रहेको बताउनु भयो ।
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुखआतिथ्यमा सम्पन्नभएको उक्तकार्यक्रममापूर्व उप्रप्रधानतथा अर्थमन्त्री कृष्ण बहादुर महरा, दाङ्गबाट निर्वाचित जन प्रतिनिधिहरु र नेपालउद्योग वाणिज्य संघका केन्द्रिय सदस्य भरतराज आचार्य एंवम ध्रुवराजश्रेष्ठ (भारी) लगायतका विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामनाब्यक्त गर्नुभएको थियो ।¬¬
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend