जन आकाश
“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमितअबोध बालबालिकालाई लालन पालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदानगर्दै आएको बेबीलाईफ होमलाई रू एक लाखपचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ ।बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक भब्य कार्यक्रमबीच बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीको समुपस्थितिमा एकलाख पचास हजारको चेक संस्थाका संचालक श्री राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ ।बेबीलाईफ होममा रहेका २३जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकमखर्च गर्ने कुरा संस्थाका संचालक श्री राजकुमार पुनले जानकारी दिनु भएको छ ।कार्यक्रमलाई सँबोेधनगर्ने क्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउने कुरा अभिव्यक्त गर्नुभयो । यसै प्रसङ्गमा बोल्दै वहाँले बालबालिकालाई सुखमा मातिन र दुखमा नआतिन भनि बालबालिकालाई हौसला प्रदान गर्नु भएको छ ।
हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
उक्तकार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंकप्रति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाशी जाहेर गरेका थिए । उक्त समारोहमा बेबीलाईफ होमको छात्राबासमा उज्यालो भबिष्यकानिम्ति अहोरात्रखोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिककार्यक्रम समेत प्रस्तूत गरेका थिए।
अब आउने निकट भविष्यमाबैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले जानकारी गराउनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend