जन आकाश

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको १६औंवार्षिक साधारण सभा हिमालयनहोटलमा सम्पन्नभयको छ, सो साधारण सभाको बन्द सत्रमा आगामी कार्यक्रम तथायोजनाहरु सर्वसम्मतीले पास गरेको छ।
१६ औं वार्षिक साधारण सभाको उद््घाटन समारोहको प्रमुख अतिथिको रुपमा नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापती श्री उमेश राजश्रेष्ठ ज्यू हुनुहुन्थ्यो, विशिष्ठ अतिथिमा दक्षिणकाली नगरपालिकाका मेयर श्री मोहन वस्नेत ज्य ूहुनुहुन्थ्यो, र अतिथिमा नेपाल सरकार उद्योग मन्त्रालयका सह सचिव गोपी खनाल ज्यू हुनुहुन्थ्यो त्यस्तै व्यापार तथा निकासी प्रर्वद्धनका निर्देशक पनि सहभागीहुनुहुन्थ्यो ।
सो अवसरमा उद्योग मन्त्रालयका सह सचिव खनालले फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनले औधोगिकक्षेत्र फुटवेयर जोनको रुपमा जुनअवधारणा ल्याएर यसले निकै सराहनिय काम गरेको र त्यसको लागिउद्योग मन्त्रालय जस्तोसुकै किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो साथै उहाले अन्र्तराष्ट्रिय बजारमा फुटवेयर जोनमालर्नीङ सेन्टर टुरिष्ट सेन्टरको रुपमाविकास हुन सक्ने भन्दै सो हिसाबले बिज्ञहरुको सहयोगमा दिर्घकालिन योजनाको रुपमागर्न र यसमाउद्योग मन्त्रालय सधै सहयोगी रहने बताउनुभयो ।
यस्तै दक्षिणकाली नगरपालिकाका मेयर बस्नेतले पनिआफ्नो नगरपालिकामा फुटवेयर जोन स्थापीतगर्ने कुराले उत्साहितहुदै, नगरपालिकामा रोजगार सिर्जना हुने प्रति खुशी व्यक्तगर्नुहुदैआफ्नो नगरपालिकामा जग्गा प्राप्तीमा सहयोग र थप रोजगारी सिर्जना गर्ने प्रतिकुनै कसर बाँकी नराख्ने बताउनुभायो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश राजश्रेष्ठ ज्यूले फुटवेयर जोनको अवधारण उपयुक्त रहेकोलेअहिले नेपाल सरकारको उपभोक्ताहित संरक्षण कोषको कालोबजारी ऐन अन्र्तगत उद्योगी यावसायीलाई सन्त्रास फैलाउने काम गरेको र उद्योग व्यवसायीमाथी हस्तक्षेप गरि अंकुशलगाउने कार्य निन्दनिय रहेको बताउनुभयो ।व्यावसायीले गर्ने मुनाफामाकुनै किसिमको प्रतिबन्ध तथा हदबन्दी राख्नु उद्योगको लागि व्यावसायको लागि हतोत्साहित हुने कार्य भएको पनिबताउनुभयो ।
कार्यक्रम मासंघका अध्यक्षश्री रविनकुमार श्रेष्ठले संघको वार्षिक कार्ययोजनामा फुटवेयर जोनको स्थापना र सो फुटवेयर जोनमाकमन फ्यासिलिटि सेन्टरको पनि स्थापनागर्ने र सोको स्थापनाका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाहरु सँग सहुलियत व्याजदरमा ऋण लगानीगर्न आह्वानगर्ने र उद्योगीहरुलाई फुटवेयर जोनमा उद्योग स्थापनाका लागि पहल गर्ने योजना रहेको बताउनुभयो । सो योजनालाई साधारण सभाले सर्वसम्मत्तीले पास गरेको छ ।कार्यक्रमको सञ्चालन संघका महासचिव मनोज श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुरेन्द्र प्रसाद दाहाल, पुर्व अध्यक्षहरु विराट थापा, रामकृष्ण प्रसाई, विरमणी बज्राचार्य, होमनाथ उपाध्यायलगायतको उपस्थीती रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend