logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लमजुंगका पुराना दुई वाम नेता काठमाडौंमा अभिनन्दीत


  • जन आकाश
  • मंगलबार, फाल्गुन ८ २०७४

काठमाडौं, ७ फागुन ।
लमजुंगका दुई जना पुराना वाम नेताहरुलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । लमजुंगमा वाम आन्दोलनको अगुवाको रुपमा स्थापित पुराना नेताहरु ऋषिराम पौडेल र पूर्णबहादुर गुरुंगलाई प्रजातन्त्र दिवसको दिन आयोजित एaक बनभोज तथा सम्मान कार्यक्रममा सम्मानित गरिएको हो ।
नेकपा माओवादी केन्द्र निकट लमजुंग काठमाडौं जनसम्पर्क मञ्चको आयोजनामा बालाजु बाइसधारा पार्कमा सम्पन्न बनभोज तथा सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार समेत रहेका नेताद्धयलाई अभिनन्दन गरिएको हो । उनीहरुलाई माओवादी केन्द्का सचिवालय सदस्य तथा लमजुंगबाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधि सभा सदस्य देव प्रसाद गुरुंगले खादा ओढाई अभिनन्दन पत्र प्रदान गरी सम्मान गरेका थिए ।
उमेरले ७१ वर्षिय पौडेल र ८९ वर्षिय गुरुंग लमजुंगको बामपंथी आन्दोलन र माओवादी अभियानका प्ररणादायी व्यक्तित्व भएकाले अभिनन्दन गरिएको जानकारी मञ्चका अध्यक्ष गुणराज घिमिरेले राएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभामा विजयी देव प्रसाद गुरुंग, ४ नं प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित मधु अधिकारी गुरुंग, प्रतिनिधि सभाको समानुपातिक तर्फ विजयी यशोदा गुरुंग सुवेदी लगायत लामजुंगका विभिन्न स्थानिय तहमा निर्वाचित माओवादी कार्यकर्ताहरुलाई सम्मान तथा निर्वाचनमा माओवादी उम्मेदवारलाई विजय गराउन भुमिका निर्वाह गरेकोमा जिल्ला इन्चार्ज पारसमणी पौडेल, पोलिटव्युुरो सदस्य मोहनहरी पौडेल, पुर्व सभासद बुद्धिराम तमु, शहीद परिवार तथा पुर्व सभासद हिमकुमारी विकलगायतलाई पनि कदर पत्रद्धारा सम्मान गरिएको थियो । त्यसैगरी मञ्चका पुर्व अध्यक्षहरु केदार बाबु तिवारी र डिवि मझाकोटी लार्य पनि कदर पत्र प्रदान गरि सम्मानीत गरिएको थियो ।
सामना परिवार अन्तरगतका जनकलाकार लक्ष्मी गुरुंग र कुस्मिता मगरको सांगितिक प्रस्तुति रहेको कार्यक्रममा जनसम्पर्क मञ्चको ४ नं प्रदेश संयोजक तारा कुमाल, माओवादी केन्द्रीय सदस्य राम चन्द्र पौडेल, सन्तोष पौडेल, उर्मीला माझी, अविरल न्यौपाने, राष्टिय योजना आयोग सदस्य डा। चन्द्रकान्त पौडेल, प्रा डा। रामकृष्ण तिवारीलगायत पनि अतिथिको रुपमा सहभागि थिए ।
मञ्चका सचिव तिर्थ न्यौपानेको संचालनमा सम्पन्न कार्यक्रममा शहीद परिवारहरुलाई पनि आतिथ्यता ग्रहण गराइएको थियो । कार्यक्रममा मन्तव्य व्यत्तः गर्दै अभिनन्दीत नेता द्धय पौडेल र गुरुंगले राजनीति विकृत बन्दै गइरहेको र हिजोका आदर्शहरुलाई विसंर्दै गईरहेको बेला आफूहरुको योगदानको कदर गर्दै सम्मान गरेकोमा आयोजक लाई धन्यवाद दिंदै लमजुंगमा नेतृत्व विकास गरी पहलकदमी लिन युवाहरुलाई अपील गरेका थिए । अभिनन्दीत नेता पौडेलले माओवादी आन्दोलनले परिवर्तन ल्याएको भएता पनि शहीद, वेपत्ता परिवार र कार्यकर्ता परिवारको वोमा पार्टीका नेताहरुले वास्ता नगरेको भन्दै त्यसते व्यवहार सच्याउनुपर्ने बताएका थिए । उनीहरुले एक थोपा रगत रहेसम्म आफूहरु परिवर्तन र क्रान्तिको पक्षमा रहीरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्वोधन गर्र्दै प्रतिनिधि सभा सदस्य देव गुरुंगले प्रतिक्रियावादी र साम्राज्यवादीहरुका विरुद्ध सर्वहरा वर्गको संघर्ष जारी रहेको बताउँदै सर्वहारा वर्गले विजय हासिल गर्ने क्रममा रहेको बताएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend