logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला


  • जन आकाश
  • शनिबार, फाल्गुन १२ २०७४

 



काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रुपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरुमा लक्षित अक्षरा जुनीयर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्दै आएका थियौ भने यस वर्ष देखि कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई पनि समावेश गर्ने गरि आवेदन फारम खुल्ला गरिएको पनि जानकारी दिन पाउदा हामी खुसी छौं ।
गत वर्ष जस्तै अवका ५ वर्षको लागि अक्षरा स्कुलसंगका सहकार्यमा यस कार्यक्रमलाई निरनतरता दिन आज शुक्रवार अक्षरा स्कुलमा आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्त र अक्षरा स्कुलकी संस्थापक प्राध्यापक अन्जु भट्टराई विच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यसै क्रममा सातौें सँस्करणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८’को प्रतियोगीताको लािग सहभागीहुन चाहने बालिकाहरुको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी गराउदछौं । साथै आवेदन फारम यहि चैत्र ११ गते सम्म भर्न सकिनेछ र चैत्र १५ गते मंगलवार पहिलो चरणको छनौट पनि सन्चालन गरीने छ ।
प्रतियोगीहरुको प्रशिक्षण १६ चैतबाट सुरु गरिने छ । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए । प्रतियोगीहरुलाई साँगा स्थित काठमाडौं फन भ्यालीमा पौडी, नारायणहिटि दरवार संग्राहालय, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान अपाङ््ग वालगृह, एभीयसन म्यूजीयम,चन्द्रागिरी केवलकार भ्रमण, घोडाचडी, वोटीङ गराउने साथै विभिन्न स्थानको भ्रमण गराईने छ ।
यस प्रतियोगीतामा प्रतीयोगीहरुको विभिन्न आन्तरीक प्रतिभाहरु विच पनि प्रतियोगीतात्मक कार्यक्रमहरु गरी विभिन्न विधामा पुरस्कृत पनि गरीने छ जस्तै नृत्य गायन वत्तित्वकला,आर्ट पेन्टीङ र विभिन्न मनोरन्जनात्मक खेलहरुमा सहभागी गराइने छ । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन्् । यो प्रतियोगिताको सम्पूर्ण प्रतियोगीको ड्रेस डिजाईन अफिसियल डिजाईनरको रुपमा भुमी कलेक्सनले गर्नेछ ।
अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ को चयन भने ९ र १० बैशाखमा जमल स्थित नाचघरमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१८की वितेजाले साइकल, मोवाईल, ट््याव लगायतका विभिन्न उपहार प्राप्त गर्ने छिन । सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन्् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend