जन आकाश
ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिको पाचौ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अन्तराष्ट्रिय सहकारी महासंघ(आइसिए)का सदस्य एवं राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले देशको आर्थिक बिकासमा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मुलुक संघियता कार्यन्वयन गर्न संघको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । नयाँ सहकारी ऐन प्रयोगमा आईसकेकोले सबै बहुउद्देश्यीय सहकारी संस्थाहरुले ऐनलाई परिपालना गर्दै संस्थालाई उद्देश्यीय मूलक तरिकाले व्यबसायमा सहभागी गराउँदै लानु पर्ने र सहकारी अभियानलाई संकुचित गराउने विषहरुमाथि संघले आवश्यक पहलकदमी लिनुपर्ने सुझाब दिनु भयो । कार्यक्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले आर्थिक वर्ष२०७३–०७४को आव ब्यय सार्वजनिक गरिएको थियो । संघको चुक्ता पुँजी १ करोड ६२ लाख ११ हजार रुपैँया रहेको छ । संघको आर्थिक वर्ष ०७२÷०७३ मा चुक्ता पुँजी १ करोड १६ लाख २१ हजार रुपैँया रहेकोमा सो रकम ३९ दशमलब ५ प्रतिशत बृद्धि भएको हो । आ.व. ०७३÷०७४ मा संघको कुल निक्षेप १६ करोड ४७ लाख ३७ हजार २ सय ८५ रुपैँया रहेको छ । भने ८ करोड २१ लाख २० हजार ८ सय १७ रुपैँया कर्जा तथा सापटी रहेको छ । त्यसैगरी आर्थिक वर्ष ०७२÷०७३ मा संघको कुल सम्पत्ती ११ करोड ८० लाख ४१ हजार २ सय ५७ रुपैँया रहेकोमा चालु आ.व. ०७३÷०७४ मा ४८ दशमलब ३६ प्रतिशतले बृद्धि भई १७ करोड ५१ लाख २४ हजार ४ सय ३३ रुपैँया पुगेको छ । संघको पाँचौ वार्षिक साधारण सभामासो जानकारी गराउनु भएको हो ।
आव ०७२÷०७३ मा संघको कुल ब्याज आम्दानी १ करोड १९ लाख ७१ हजार ३ सय ४० रुपैँया रहेकोमा चालु आ.व. ०७३÷०७४ मा सो रकम ६ दशमलब ०२ प्रतिशतले कमि भई १ करोड १२ लाख ५० हजार ३ सय ९ रुपैँया भएको छ । संघको संचालन आम्दानी आ.व. ०७२÷०७३ मा १७ लाख ३ हजार ५ सय ६० रुपैँया रहेकोमा चालु आ.व. ०७३÷०७४ मा सो रकम ८१ दशमलब ०४ प्रतिशतले बृद्धि भई ३० लाख ९० हजार २ सय २० रुपैँया पुगेको छ । संघले चालु आ.व. ०७३÷०७४ मा अग्रिम श्रोतमा १५ लाख ६० हजार ८ सय ९८ रुपैँया राजस्व भुक्तनी गरेको छ । उहाले चालु आ.व २०७३÷०७४ मा संघले गरेका उपलब्धीहरू, भावी योजना, सम्भावना र चुनौतिको विषयमा जानकारी गराउदै अर्थतन्त्रको आवश्यकता भन्दा बढी बैक, वित्तिय संस्था तथा सहकारी संस्थाहरु संचालन हुनु र अस्वस्थ प्रतिस्पर्धाको कारणबाट भविष्यमा वित्तिय बजारमा आउन सक्ने , सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयहरुले सहकारी क्षेत्रलाई समय सापेक्षरुपमा हेर्ने दृष्टीकोण नकारात्मक रहेको हुृदाँ, त्यसको कारणबाट सहकारी क्षेत्रमा समस्या आउनसक्ने बताउनुभयो । उहाले मुलुक संघियतामा गैसकेको अवस्थामा सातवटै प्रदेशमा संघको कार्यालय विस्तार गर्ने योजना रहेको बताउनुभयो ।
प्रस्तावित सहकारी नियमावलीको मस्यौदा समेत संघहरुको परामर्श विना पारित गराउने प्रयास भै रहेको हुँदा, उक्त नियमावलीलाई सहकारी मैत्री बनाउन सहकारी संघहरुको विशेष भूमिका अपरिहार्य रहेको उहाको भनाई थियो । समस्याग्रस्त सहकारीको बारेमा जानकारी गराउदै उहाले संस्था संचालन गर्ने व्यक्तिहरुको कुलश व्यवस्थापनको अभाव, सम्बन्धित निकायको विभिन्न किसिमका कमीकमजोरीहरूको कारणबाट ती सहकारी संस्थाहरूमा समस्या सृजना भएको बताउनुभयो । विगत ८ वर्ष देखि केही सहकारी संस्थाहरूमा समस्या सृजना भएको छ । सरकारद्वारा दुई वटा कार्यदल र एउटा आयोग गठन गर्दापनि उक्त कार्यदल तथा आयोगले समस्याग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न कुनै ठोस सुझाव दिन सकेन भने, नेपालको सहकारी अभियानलाई संकुचित तथा समाप्त पार्ने अभिप्रायले नकारात्मक सुझाव सरकारलाई बुझाउने काम भएको कारण थप समस्या भएको आरोप लगाउनुभयो । उद्घाटन कार्यक्रममा पुर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका सल्लाकार दीपक वास्कोटा, महासंघका सदस्य एवं जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल,नेसनल कोअपरेटिभ एलाइन्सका अध्यक्ष डिल्लीराम तिवारी, केन्द्रीय उपभोक्ता संघका उपाध्यक्ष गाविन्द शर्मा , पुर्वराज्य मन्त्री शम्भुलाल श्रेष्ठ, सहकारी पत्रकार समाजका अध्यक्ष खिला कार्की लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend