logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंक लि. न्यूरोड 


  • जन आकाश
  • सोमबार, फाल्गुन १४ २०७४

 



मुक्तिनाथ विकास बैंक लि.को काठमाण्डौ महानगरपालिका वडा नं.२२ न्यूरोड, देव प्लाजामा रहेको शाखाको मिति २०७४ फागुन १३ गते नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक बहादुर रावलले समुद्घाटन गर्नु भएको छ । उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालले स्वागत मन्तव्य सहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राख्नु भएको थियो । आफ्नो मन्तव्यको क्रममा उहाँले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गर्नु भएको थियो । सोही अवसरमा उहाँले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि डा. तिलक बहादुर रावलले बैंकिङ्ग क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गर्नु भएको थियो । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिनु भएको थियो ।

समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गर्नु भएको थियो ।

बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend