जन आकाश
लिखु जलविद्युतआयोजना (२८.१मेगावाट)वनने भयो ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनलि. ले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामानिर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युतआयोजनाको लागिलक्ष्मी बैंक लि. को अगुवाईमाजम्मा ५ वटा वाणिज्य बैंक तथावित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानीगर्ने गरी आजकर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्नभएको छ । उक्तआयोजनाको निर्माण लागतजम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ ।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपालविद्युतप्राधिकरण वीचविद्युतखरिद सम्बन्धि सम्झौतामिति २०७३ सालपौष १४ गते भएको र उक्तआयोजनानिर्माणको लागिउर्जा मन्त्रालयबाट मिति २०७२ साल चैत्र २८ गतेका दिन विद्युतउत्पादन अनुमति प्राप्त गरेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानीगर्ने छन् । उक्त आयोजनाको लागि सहभागी बैंक तथा वित्तीय संस्थाहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेको छ ः
– लक्ष्मी बैंक लि.को रु.१ अर्व २४ करोड ।
– कुमारी बैंक लि.को रु.१ अर्व ।
– सेन्चुरी कमर्शियल बैंक लि.को रु.७५ करोड ।
– प्रभु बैंक लि. को रु.४० करोड ।
– जलविद्युत लगानी तथा विकास कम्पनीलि. को रु.८० करोड ।
उत्पादनक्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले झण्डै १७०.८४ गेगावाटआवर ९न्ध्ज० विद्युतवार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजनाहुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend