logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • मंगलबार, फाल्गुन १५ २०७४

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा
फागुन १२, काठमाडौं ।
काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुत  यूसुफमोहम्मद अल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापक विस्ता  र योजना तथा अष्ट्रेलियामा थप  यात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट ब्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे ।
‘अष्ट्रेलियामा हाम्रो पाँचौ गणतब्यका रुपमा  क्यानबेरामा नयाँ दैनिक उडान सेवा सञ्चालन गर्न पाउँदाहामी निकै उत्साहित छौँ । नयाँ उडान सेवाले अष्ट्रेलियन यात्रुहरुलाई थप सहजता  उपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमा हामी विश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने ।
क्यानबेरामा सञ्चालित नयाँ उडान तालिकाले अष्ट्रेलियन महादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी  ७७७  विमानमार्फत क्यानबेराका लागि दैनिक उडान सेवा उपलब्ध गराउने छ । बी ७७७ द्वारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रागर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पन मनोरञ्जन प्रणाली मार्फत यसमा उपलब्ध रहेका बहु संख्यक मनोरञ्जनका विकल्पको मज्जालिन सक्नेछन् ।



दोहा–क्यानबेरा उडान तालिका
दैनिक
दोहा देखि सिड्नीक्यूआर छुट्ने ः ७ः५५ पुग्ने ः ६ः२५+१
सिड्नी देखि क्यानबेरा क्यूआर९०६ छुट्नेः ७ः२५ पुग्नेः ८ः३५
क्यानबेरा देखि सिड्नीक्यूआर९०७ छुट्ने १३ः४५ पुग्ने ः १४ः४५
सिड्नी देखि दोहाक्यूआर९०७ छुट्ने ः १५ः५५ पुग्ने ः २३ः३०

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend