जन आकाश
सिटिजन्स द्वारात्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग प्रदान
“योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवापुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सन् २०१२ देखि भीम ढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान,प्रविधि,साहित्य,धर्म,इतिहास,भूगोल,स्वास्थ्य,वातावरण,यौन,कृषि , पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन तत्पर रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई रू पचास हजारआर्थिक सहयोग उपलब्ध गराएको छ ।
आज आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुखकार्यकारी अधिकृत श्रीराजनसिंह भण्डारीको समुपस्थितिमा रू पचास हजारको चेक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामेश्वर प्रसाद पोखरेललाई हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण,व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी गराउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले युवा पुस्तामा पुस्तक पढ्ने बानिमा ह्राशआउँँदै गरेको अवस्थामा समयानाकुल प्रविधिको उपयोग गरी पुस्तकालय संचालन गर्नुपर्ने कुरामा प्रकाश पार्नुभयो । दक्ष जनशक्ति उत्पादनका निम्ति यस्ता कार्यहरु प्रसंशनीय रहेको कुरा जाहेर गर्नु भयो । कार्यक्रममा बोल्दै पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष श्री पोखरेलले अब आउने दिनमा पुस्तकालयलाई अझै ब्यवस्थित र प्रविधि संग संगै चल्न अहोरात्र लागि पर्ने प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।
हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणकालागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले जानकारी गराउनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend