जन आकाश
मुक्तिनाथ विकास बैंक लि.को काठमाण्डौ महानगरपालिका वडा नं.१४ कालिमाटी,कुलेश्वरमा रहेको शाखाको मिति २०७४ फागुन १६ गते नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री दिपेन्द्र बहादुर क्षेत्रीेले समुद्घाटन गर्नु भएको छ । उक्त समुद्घाटन कार्यक्रमको सभापतित्व बैंकका सञ्चालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालले स्वागत मन्तव्य सहित बैंकको अवस्था र भावी योजनाको बारेमा मन्तव्य राख्नु भएको थियो । आफ्नो मन्तव्यको क्रममा उहाँले मुक्तिनाथ विकास बैंकलाई वर्तमान अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई आभार व्यक्त गर्नु भएको थियो । सोही अवसरमा उहाँले यस विकास बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको आवश्यकता भएको र आगामी दिनमा उत्पादनमूलक क्षेत्रमा थप लगानी विस्तार गरी अग्रणी बैंकको रुपमा स्थापित हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि श्री दिपेन्द्र बहादुर क्षेत्रीेले बैंकिङ्ग क्षेत्रमा आफूले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ्ग र वित्तीय क्षेत्रको योगदानको चर्चा गर्नु भएको थियो । वित्तीय बजारमा देखिने उतार चढावलाई व्यवस्थापन गर्दै संस्थामा पारदर्शिता र जवाफदेहीतालाई अन्यन्तै महत्वका साथ लागु गर्नु पर्नेमा जोड दिनु भएको थियो । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल राम्रो भएकोले अझै अगाडि बढ्न शुभकामना दिनु भएको थियो ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गर्नु भएको थियो ।
बैंकको उक्त शाखा संचालनसंगै काठमाण्डौ उपत्यकाभित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६५ वटा शाखा सहित कुल ७४ वटा कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend