जन आकाश
कर्माछिरि· शेर्पा
(अध्यक्षका प्रत्यासी तथा हिमालय शेर्पा क्लबका अध्यक्ष)
नेपाल फुटबल संघ (एन्फा) को १६ औं अधिवेशन आउँदो चैत ७ गते सम्पन्न हुन गइरहेको छ । यतिखेर खेलक्षेत्रका हस्तीहरु चुनावको अभियानमा लागेको देखिन्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचन नै सर्वमान्य विकल्प हो । त्यस्तै नेपाल फुटबल संघको अध्यक्ष पदका लागि यतिबेला दुई प्रतिस्पर्धी व्यक्तिहरु मैदानमा देखिएका छन् । जसमा कर्माछिरि· शेर्पा र नरेन्द्र कुँवरले छुटाछुट्टै प्यानल बनाएर मैदानमा उत्रिसकेका छन् । यही सेरोफेरोमा हाम्रो जन आकाशले कर्माछिरि· शेर्पालाई केही प्रश्नहरु राखेका छौं ।
० एन्फाको चुनाव हुँदैछ तपाइले पनि अध्यक्षको उम्मेदवारी दिँदै हुनुहुन्छ । अध्यक्षमा तपाइको उम्मेदवारी नै किन ?
मेरो उम्मेदवारी किनभने २० वर्षदेखि फुटबलमा जुन खालको काम हुँदै आएको छ । त्यो नीति, विधि प्रक्रिया तरिकाबाट नेपालको फुटबलले विकास र जुन रफ्तारमा जानुपर्ने हो त्यो हुन सकिराखेको छैन । त्यसको मूख्य कारण भनेकै नेपाल अखिल फुटबल संघ विकृति र विसंगतीले ग्रस्त हुँदै आएको छ । तिनै विकृति, विसंगतीहरुलाई हटाएर पारदर्शि, कार्य पद्धति अनुसार नीति र विधिमा आधारित फुटबल हाँक्न युवा प्रतिभाहरुको उत्कृष्ठतालाई अवसर प्रदान गर्न, राष्ट्रिय लीगहरु समयमा धेरैभन्दा धेरै सहभागीतामूलक बनाउन साथै प्रदेश, जिल्ला स्तरसम्म भौतिक पूर्वाधार, प्रशिक्षण केन्द्रहरु स्थापना गर्न केन्द्रीकृत रुपमा रहेको फुटबल संघलाई देशको संघीय प्रणाली अनुसार विकेन्द्रीकृत गरी नयाँ खेलाडीहरु उत्पादन गर्न विशेषत सहभागीतामूलक, पारदर्शी, जवाफदेही तथा समग्र फुटबलको विकासका लागि मेरो उम्मेदवारी हो ।
अर्कोपक्ष विगतमा फुटबल संघमा जुन खालको लामो समयसम्म व्यक्तिवादी हैकमवाद प्रबृत्ति थियो छ, त्यस्ता कु प्रबृत्तिलाई परास्त गरेर फुटबलको माध्यमबाट राष्ट्रलाई गौरव बढाउन पनि मेरो पहल हुनेछ । साथै फुटबलमा मेरो आमुल परिवर्तन कस्तो परिवर्तन भन्दा आर्थिक रुपमा पारदर्शिता लागु गर्ने आधार, नीति र विधि अनुसार काम गर्ने तरिका हो यो मेरो प्राथमिकतामा छ ।
दोश्रो भनेको फुटबलको प्रशिक्षणलाई नियमित गर्ने सानो उमेर समूहदेखि ठुलो उमेर समूहसम्मको प्रशिक्षणको वातावरण बनाउने, तेस्रो फुटबलको मेरुदण्ड भनेको लीग हो । लिगलाई तुरुन्तै सुचारु गर्ने विगत चार पाँच वर्षदेखि नभएको लिगलाई तुरुन्तै सुचारु गर्ने यी तिनवटा प्रारम्भिक रुपमा अगाडी बढाउँदै फुटबलका अल्पकालीन, दिर्घकालीन योजनाहरु हामी लिएर अगाडी बढ्छौं र फुटबललाई संस्थागत ढंगबाट अगाडी लैजान सामुहिक नेतृत्वमा फुटबल संघ सञ्चालन गर्छौ त्यतिमात्र होइन विकेन्द्रीकरण गरी व्यवस्थित फुटबल सञ्चालमा गर्नु नै हाम्रो टिमको उद्देश्य हो । त्यसैको लागि मेरो अध्यक्षमा उम्मेदवारी हो ।
० अन्तर्राष्ट्रिय पदक नजितेको निक्कै भई सक्यो किन होला ?
गणेश थापा नहुँदा साफ च्याम्पियनशीप देशले जितेको थियो । गणेश थापा फुटबल संघको नेतृत्वमा आएपछि कुनै पदक जितेन भने अहिले गणेश थापा नेतृत्वमा नहुँदा हामीले दुईवटा गोल्डकप जितिसकेका छौं । एउटा अन्डर १९ र अर्को अण्डर २३ यसरी व्यवस्थित फुटबलको विकास गरेर देशलाई फुटबलमय बनाउँदै शहरको बीचबाट गाउँको कुनाकुना सम्म फुटबलको व्यवस्थित जागरण ल्याउनुपर्छ र फुटबलमा आजको आजै जितिहाल्ने भन्ने हुँदैन । दीर्घकालीन सोच राखेर खेलाडी उत्पादन गर्न व्यवस्थित कार्ययोजना बनाएर काम गर्नुपर्छ । अर्को तपाइले उठाएको प्रश्न अन्तर्राष्ट्रिय पदक जितेका छौं । अझै धेरै पदक जित्ने गरी हामीले योजना सहित यसपटक निर्वाचनमा आफ्ना धारणा लिएर आएका छौं । हाम्रो कार्यसमिति विजय भएपछि नेपालीहरुले फुटबलमा गरेको आशालाई हामी खुशीमा परिणत गरि दिनेछौं ।
० यदी तपाइको अध्यक्षतामा कार्य समिति विजय भयो भने तपाइहरुको कार्यकाल भित्र नेपालको फुटबललाई अन्र्तराष्ट्रिय पदक कुन स्तरसम्मको जिताउने लक्ष्य छ ?
हामीले हाम्रो लक्ष्य अहिलेलाई साफ च्यामपिएनशीप पदक हासिल गर्ने, साफमा कब्जा जनाउने त्यो महिला÷पुरुष दुबैमा एशियाली अन्तर्राष्ट्रि स्तरसम्मका प्रतिस्पर्धामा उभ्याउनेसम्मको लक्ष्य राखेका छौं । दीर्घकालीन सोच राखेर राम्रो वातावरण बन्दै गयो भने हामी विश्वकप खेल्न पनि सक्छौं त्यसको लागि २०–३० वर्षको मेहनत, वातावरण चाहिन्छ त्यसको लागि आधार तयार हामी हाम्रै पालामा गर्न सक्छौं ।
० अन्तमा
नेपाली फुटबललाई हामीले नयाँ युगमा लानु पर्छ । त्यसको दायित्व आउँदै गरेको फुटबल कँग्रेसको १६औं अधिवेशन हुँदैछ त्यसका काँग्रेसले नेपाली फुटबललाई विवेक प्रयोग गरेर नेपलाी फुटबललाई जे गर्छ राम्रो हुन्छ त्यो गर्नुपर्छ जस्तो लाग्छ । र विगमा देखिएको विकृति र विसंगतीहरुलाई पन्साउनको लागि यो १६औं काँग्रेस सफल होला जस्तो लाग्छ । त्यही माग होइन कि १६ औं काँग्रेसबाट हामी निर्वाचित भइसकेपछि साच्चीकै खेलाडीहरुको पक्षमा, प्रशिक्षकको पक्षमा रेफ्रीहरुको पक्षमा नेपालीहरुको हेराइमा फुटबलमा सन्तोषजनक काम गर्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने मलाई लाग्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend