logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बैंकको ‘समुन्नति प्लस बचत खाता’


  • जन आकाश
  • बिहिबार, फाल्गुन २४ २०७४

 



“बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकहरु मध्येको एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । १ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९०% सम्म कर्जा समेत उपलब्ध गराउन सकिने छ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend