logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मालेको राष्ट्रिय परिषद्को बैठक दाङमा एक गते शुरु हुने


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०७४

 



काठमाडौं । ने.क.पा. मालेको सातौं अधिवेशनपछि पहिलो राष्ट्रिय परिषद्को बैठक यही आउँदो चैत १,२ र ३ गते सम्म दाङको घोराहीमा भव्यरुपमा सम्पन्न हुने ने.क.पा. मालेको केन्द्रीय कार्यालयले जनाएको छ । १ गते कार्यक्रमको उद्घाटन २ गते बन्दशत्र ३ गते पार्टीको नीति, कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको पार्टीका केन्द्रीय सचिवालय सचिव महेन्द्र शाहले जानकारी दिनुभएको हो ।
उक्त कार्यक्रमले उद्घाटन पार्टीका महासचिव सिपी मैनालीले गर्नु हुनेछ । सो अवसरमा झण्डै २ सयको हाराहारीमा राष्ट्रिय परिषद् सदस्यहरु दाङ्गको घोराहीमा पुग्नेछन् र पार्टीको कार्यदिशा, राजनीति, कार्यनीति र विश्व परिवेशमा बद्लिँदै गएको राजनीति र नेपालको कम्युनिष्ट आन्दोलनको समिक्षा र वर्तमानमा पार्टीको अवस्था साथै भावी दिनमा नेपालको राजनीतिक, सांस्कृतिक, आर्थिक, विकास पार्टी पंक्तिभित्रको शुदृढीकरण, र जनप्रेमी पार्टी बनाउन के–के गर्नुपर्छ भन्ने सवालहरुमा साथै विगतका पूराना कम्युनिष्ट नेता तथा मालेका महासचिव सिपी मैनालीका राजनीतिक अनुवभलाई नयाँ पुस्ताले राष्ट्रको लागि देशभक्तिपूर्ण र सर्वहारा वर्गीय मुक्तिलाई व्यवहारमा उतार्न कुन खालको बैज्ञानिक आधार तयार गर्ने भन्ने व्यवहारिक बाटोहरु पनि नयाँ आयामको मंचमा खोजिने भएको छ । साथै जिल्ला–जिल्लाबाट आएका परिषद् सदस्यहरुलाई त्यसै सम्मेलनबाट थप अधिकार सहित शक्तिशाली बनाएर प्रदेश–प्रदेशमा क्रियाशील गराउने गरी कार्ययोजना तयार भएको स्थायी कमिटी सदस्य कुमार वेलवासेले बताउनु भएको छ ।
२०२८ सालमा झापा विद्रोहका नायक भनेर चिनिने सिपी मैनालीले नेतृत्व गरेको कम्युनिष्ट केन्द्र, २०३६ सालमा पुनर्गठित ने.क.पा. माले गठन विघटन हुँदै २०४७ मा ने.क.पा. एमाले बन्दै २०५६ सालमा पुनः गठित हुँदै आएको पार्टी हो ।
२०४७ सालमा नै स्थानीय विकाशमन्त्री भइसकेका सिपी मैनालीले नेतृत्व गरेको पार्टीले २०६४ सालको संविधानसभामा ९ सिट जितेको थियो भने २०७० सालको संविधानसभा निर्वाचनमा ४ सिट जितेको थियो भने २०७४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि सिट हासिल गर्न सकेन ।
त्यसको समिक्षा गर्दै आउँदो ५ वर्षपछि हुने निर्वाचनमा नेपालकै ठुलो पार्टी बनाउने अभिलाषा राखेर नेकपा मालेले विभिन्न साना संगठनलाई समेत गोलबद्ध गर्दै लाने नीति लिएको छ भने राष्ट्रियताको सवालमा सबैसँग सहकार्य गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend