logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनताको आग्रह अनुसार नै म राजनीतिमा आएको हो


  • जन आकाश
  • मंगलबार, फाल्गुन २९ २०७४

रामेछापको विकास गाउँमा जन्मेका र त्यही विकटतालाई विकाश गरेर सुन्दर नमुना गाउँ, वडा बनाउन सकिन्छ भन्ने मान्यता राख्ने चन्द्र बहादुर थापा मगरले २०७४ को स्थानीय निर्वाचनमा एकीकृत माओवादी केन्द्रबाट दोरम्बा गाउँपालिका वडा नं. ३ गौश्वाराको वडा अध्यक्ष जित्नु भएको छ भने उहाँले भरखरै मात्र धुम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा गरेर चर्चामा छन् उनैसँग हाम्रो स्थानीय संवाददाताले गरेको कुराकानी समेटेका छौं ।
० स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि जनताले के सुविधा पाएकाछन् ?
२० वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा थुपै्र खालका समस्या थिए । देशमा चलेको जनयुद्धकाल देखि त गा.वि.स. सचिवहरु सदरमुकाम केन्द्रीत भएका थिए जसले गर्दा प्रशासनिक कामहरु सदरमुकाममा जानुपर्दा समस्या थियो । तर अहिले नयाँ व्यवस्था, नयाँ कानुन अनुसार स्थानीय निर्वाचनबाट निर्वाचित भएपछि मेरो गाउँपालिका र मैले नेतृत्व गरेको गौश्वाराको कुरा गर्नु हुन्छ भने यहाँ खानेपानी, विद्यालय, गाउँको समस्या गाउँमा नै मिलाउने गरी काम भइरहेको छ । सिंहदरबारमा केन्द्रीत अधिकार अहिले जनताले गाउँमा पाएका छन्् जस्तो लाग्छ ।
० तपाईले अस्ति भर्खरै मात्र धुम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा कार्यक्रम गर्नुभयो कत्तिको दिगो हुने देख्नुहुन्छ ?
ध्रमपान, मद्यपान खानाको निम्ति नै बनाएको हुन्छ तर त्यो चिजले मानिसलाई स्वास्थ्यको लागि, सामाजिक दृष्टिकोणमा राम्रो गर्दैन । फाइदा पनि पु¥याउँदैन समाजलाई नकारात्मक दिशातर्फ लान्छ । झैझगडा गराउँछ । ठुलाठूला विवादहरु उत्पन्न हुन्छन् । त्यस्तो नराम्रो कामहरु बन्द गरेर आउने भावी युवायुवती पुस्ताहरुले सभ्य भएर शिक्षित र गौश्वाराको नाम राख्दै नमुना वडाको परिचय दिउन् भन्ने उद्देश्य राखेर मेरो नेतृत्वमा धुम्रपान, मद्यपान निषेधित क्षेत्र घोषणा गरेका हौं । यो कार्यक्रमलाई सबैले भव्य रुपमा सहभागीता भई जनसमर्थन प्राप्त भएको छ । त्यसकारण दिर्घकालीन रुपमा दिगो हुँदै रामेछापको कुनामा रहेको गौश्वाराबाट पनि उदाहरणीय कामहरु गरेर देखाउने अवसर प्राप्त भएको छ । त्यो अवसर गौश्वारावासीले सदुपयोग गर्नेछन् भन्ने मलाई विश्वास छ ।
० तपाईको बाल्यकाल कस्तो थियो र राजनीतिमा कसरी लाग्नुभयो ?
मेरो बाल्यकाल रामेछापको विकटमा अरु रामेछापवासीहरु जसरी उकाली आरोली गरेर घाँस दाउरा गरेर विताउँथे मेरो पनि त्यस्तै हो । पढाइको हिसाबमा पनि मैले धेरै पढेको छैन । मलाई एउटा कुरा थाहा छ काम गर्न थालेपछि पूरा नगरुन्जेलसम्म बीचमा छोड्नु हुँदैन अनिमात्र सफल हुन्छ । अर्को राजनीति दर्शन सिद्धान्त मैले धेरै पढेको छैन । तर गाउँघर, शहर बजार जहाँ पुग्दा पनि सामाजिक काम गर्ने बानीभएको र बुद्धिजीवीहरुले पनि मलाई राजनीतिमा आउन सल्लाह दिनु हुन्थ्यो । वडामा मैले गरिदिएको सामाजिक कामहरुले गाउँलेको माया पाइराखेको थिए र २०७४ सालको निर्वाचनमा गौश्वाराका साथीहरुले मलाई राजनीतिमा आउन आग्रह गरे गौश्वाराका जनताको आग्रह अनुसार नै म राजनीतिमा आएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend