logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०७४

मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट श्री सिताराम कट्टेल (धुर्मुस) र श्री कुन्जना घिमिरे (सुन्तली) ले आज एक समारोहमा दस्तखत गर्नु भएको छ । उक्त सम्झौता पत्र दस्तखत कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा बैंकले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले मन्तव्य राख्नु भएको थियो । नेपालका चर्चित कलाकार जोडी धुर्मुस र सुन्तलीको कलाकारिता तथा उहाँहरुले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानबाट प्रभावित भई यस विकास बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेकोले उहाँहरुलाई चयन गरेको बताउनु भयो । यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताउनु भयो ।
सो कार्यक्रममा श्री सिताराम कट्टेल (धुर्मुस) तथा श्री कुञ्जना घिमिरे (सुन्तली) ले मन्तव्य राख्नु हुँदै बैंकसंगको सहकार्यतामा निकै नै गर्व महशुस भएको बताउनु भयो । मुक्तिनाथ विकास बैंकले पोखरा सरसफाई तथा बाग्मती सरसफाई महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीहरुमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निभाउने अठोट रहेको पाएको बताउनु भयो । आगामी दिनहरुमा मुक्तिनाथ विकास बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई कार्य गर्नु पर्नेमा जोडदिनु भएको थियो ।
कार्यक्रमको अन्तमा बैंकका संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
मुक्तिनाथ विकास बैंकले आफ्नो व्यवसाय प्रवद्र्धधनात्मक क्रियाकलाप, सामाग्रीहरु तथा बैंकको कार्यक्रमहरुमा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend