जन आकाश
नेपालमा लोकतन्त्र स्थापना भएको ६७ वर्षमा जेजति प्रगति भएका छन् ती नगण्य मात्रामा भएका छन् । यो ६७ वर्षमा राजनीति गर्ने नेताहरु जो २००७ सालपछि स्थापित भएका र २०४६ सालपछि मन्त्री बन्न अवसर पाएकाहरुको नै अहिलेसम्म हालिमुहाली छ । फरक यतिमात्र हो राजनीीतक पार्टी काँग्रेस पार्टी सरकारमा आउँदा ति दुईचार जना व्यक्तिहरु कहिल्यै मन्त्री हुन छुट्दैनन्, एमालेबाट पनि त्यस्तै सरकारका दुईचार जना सरकारमा जाँदा मन्त्री हुन छुट्दैनन् । मण्डले भनेर आरोप लाग्ने राप्रपाको पार्टीगत संस्था र जनमत सानो आकारको भएपनि २०४६ सालपछि धेरै प्रधानमन्त्री बन्ने अवसर समेत राप्रपाले नै पाएको छ । यो सर्सती हेर्दा नेपालको सिंगो राजनीति झण्डै दुई दर्जन व्यक्तिहरुको मुठ्ठीमा देखिन्छ । त्यो सँगसँगै आर्थिक विकास, जनतासँग प्रत्यक्ष जोडिने विशेष आधारभूत आवश्यकता समेत यही आएर जोडिएको छ ।
२०४६ सालपछि उद्धार अर्थतन्त्र नीति अवम्बन गरेको नेपालले नीति आफैंमा राम्रो भएपनि नीति कार्यान्वयन गर्ने पक्ष सक्षम नभएको वा नचाहेको हुनाले समग्र नेपाल देश नेपालीहरुको उन्नति हुन सकेन । त्यसको मूख्य कारण नेपालको राजनीति नामको छाडातन्त्र नै हो । राजनीतिक पार्टीको नेतृत्व गरिरहेका पार्टीका नेताहरुले समाज, राष्ट्र विकासलाई भन्दा पनि आफू नियन्त्रित अर्थ व्यवस्था, आफू अनुकूलको प्रशासनिक व्यवस्था लगायत नियन्त्रणमा राखेर ती औंलामा गन्न सकिने नेताहरुले चावी जता घुमायो त्यतै नेपाली समाज घुम्ने गरी काम गरिरहेका छन् । त्यसको समग्र परिणाम प्रजातन्त्र स्थापनाको ६७ बर्षमा नेपाली जनताहरुले आफ्नो देशभित्र कर्म गरेर फल प्राप्त गर्ने वातावरण बनेको छैन । काम गरेर, सिना पुछ्दै मेहनत गरेर खाने स्वाभिमानी नेपालीहरुलाई ती दुईचारजना २०४६ सालअघिका विदेशी निर्देशनमा विदेशीपनलाई नेपाली बजारमा दलालीको रुपमा स्थापित गरेर स्वदेशी धनलाई विस्थापित गराउनेहरुले महँगी, अभाव, तनाव, गरिबी बढाउँदै लगेका छन् । त्यस्तो किन गरिएको हो भने समग्र जनताको उन्नति हुन थालेपछि एकात्मक पूँजीवादी अर्थ व्यवस्था घुलिसात हुन्छ । तर नेपालमा साम्यवादको परिकल्पना गर्ने कम्युनिष्ट पार्टी समाजवादी पूँजीवादीको वकालत गर्ने नेपाली काँग्रेस लगायतको प्रस्तुती पार्टी फरक भएपनि अर्थ व्यवस्थाको नीतिमा एउटै छ । त्यो दुईचार जनाको नीति कार्यक्रममा सिँगो देशको पार्टी चलाउने र त्यो पार्टीका नेताका संरक्षणमा ठेकेदार, कम्पनीहरु सञ्चालनमा रहने, वित्तीय क्षेत्रमा लगानी तिनै नेताहरुकै संरक्षणमा रहने नेपालको राष्ट्रिय कर्मचारी जो राष्ट्रको सेवा र जनताको सरोकारसँग सम्बन्ध राख्ने क्षेत्र पनि तिनै दुईचार जना नेताको संरक्षणमा देशको नियन्त्रण भइराख्ने कारणहरुले गर्दा प्रजातन्त्र, राणातन्त्र स्थापना पछि नेता, ठेकेदार र नेताको चाकरीमा लागेर सरकारी कर्मचारी नेका कर्मचारीको मात्र उन्नति भई राखेको छ समग्र जनताको अवस्था शहरमा वा गाउँमा जीवनयापन गरिरहेका कुनै पनि जनतालाई सोध्यो भने प्रष्ट हुन्छ । त्यस्तै हामीले धेरैवटा शहरमा र गाउँमा मानिसहरुको जीवनस्तर र अवस्थाहरुलाई अध्ययन गरेर यो सम्पादकीय तयार गरेका हो ।
त्यसकारण यो नेपाल देशको उन्नति गर्न र जनताको उन्नति गर्न सामाजिक चेतनासहितको अर्थ व्यवस्थामा ध्यान नदिने हो भने नेपालको भविष्य यस्तै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend