logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालाजू अटोवक्र्स प्रा.लिद्वारा उत्कृष्ट प्राविधिकप्रतियोगिता सञ्चालन


  • जन आकाश
  • बिहिबार, चैत्र ८ २०७४

 



काठमाडौं चैत ६ गते । अग्निग्रुपप्रा.लिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्सप्रा.लि.ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुमा पनि गर्दै आएको थियो र यो पनि त्यसैको निरन्तरताहो ।
यो प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८मा सम्पन्नभएको थियो । उक्तप्रतियोगितामा नेपाल अधिराज्य भरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए ।
प्रतियोगिताको पहिलो दिन तालिम प्रदानगरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्नगरिएको थियो ।तालिमको संयोजन श्री सन्तोष पौडेलले गर्नुभएको थियो भने तालिम बलराम सत्यालले दिनुभएको थियो । तालिममा सर्भिस म्यानवापरहरुलाई कामगर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्यध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचानगर्नु रहेको छ ।
२३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिक९त्जभयचथ, एचबअतष्अब,ि ख्ष्खब० गरी ३प्रकारबाट छनौट गरिएको थियो जस अनुसार
विजयी हुनुभएको छः श्री अष्ट नारायण महर्जन ए एम अटोमोबाइलस, बल्खु
पहिलो रनरपका रुपमा श्री अनुपकुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज
दोस्रो रनरअपका रुपमा श्री मणिरामचौधरी, दक्षिणकाली इन्कर्पोरेटेड,धनगढीहुनुभएको छ ।
पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ –एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (विएमवीरगञ्ज) को गरिमामयउपस्थिति रहेको थियो ।

अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्निग्रुपप्रा.लिअन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यीकम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् ।
आज, अग्नि नेपालको युटिलिटि भेइकल्स विक्रेताको रुपमा सफलतापूर्वक स्थापित भइसकेको छ र कम्पनीले निरन्तर महिन्द्रा ब्राण्डका उत्पादनहरु नेपालअधिराज्य भरि विक्रीएवम् विक्री पछिको सम्पूर्ण सेवाप्रदानगर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend