जन आकाश
मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै आज एक भब्यकार्यक्रम बिच कृतिको अन्तरसंवाद सम्पन्नभयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद ज्ञवाली र प्रा. राम लोहनीले कृतिको वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।
कृतिको वारेमा बोल्दै साहित्यकार न्यौपानेले भन्नुभयो, ‘नेपाली उपन्यास बजारमा यो उपन्यास आफ्नो छुट्टै पहिचानका साथ उभिन सफल छ । उपन्यास केहीलामो भएकाले केही बोझिलो लाग्न सक्छ तर यसका भावले पाठकलाई अन्यत्र भाग्न दिदैन । अत्यन्त सरल भाषा प्रयोग गरेर लेखिएको उपन्यास बुझ्न सहज छ । उपन्यासकी नाइका सुवर्णलता पच्चिस सय वर्ष भन्दा ज्यादा जीवीत हुनु र उनमा शारीरिक क्षय नहुनु केही अपत्यारीला तथ्य लागेपनि उपन्यास लेखनमा यस्ता कुरा मान्य हुने धारण ब्यक्त गरे ।’
यसै गरि अर्का वक्ता डा. राम प्रसाद ज्ञवालीले केशरीको उपन्यास सुवर्णलताले पाठकलाई सुरुदेखि अन्त्यसम्म बाध्ने आर्कषण रहेको बताए । लेखकले माया प्रेमसँगै ग्रामीण र शहरी परिवेशका पात्रहरुलाई बौद्धिक तवरले प्रस्तुत गरेका छन् । उपन्यासमा बौद्धदर्शन नै नबुझेका पाठकहरुले बुद्धको वाणी सहजै बुझ्ने भाषा प्रयोग गरिएको भन्दै केशरीमा गहिरो बौद्धधर्मको चेतना रहेको विचार प्रस्तुत गरे ।
प्रा. राम लोहनीका अनुसार,‘उपन्यासले फरक विषय वस्तु उठाएको छ । पाठक जुनकथामा प्रवाहित भइरहेको हुन्छ उपन्यासको मध्य भागमा पुग्दा अर्कै संसारमा बिचरण गर्न पुग्छ । त्यो संसार हो बुद्धको संसार । उपन्यासमा बुद्धजीवितै हुन्छन् । बुद्धसँग उपन्यासकी नाईकाको बार्तालाप र प्रेम प्रस्ताब अत्यन्त मार्मिक छ । भोग र त्यागमा कसको विजय होला त भन्ने प्रश्नमा बाँधिएर पाठकहरु रोमाञ्चक हुँदै अत्यसम्म पुग्न हतारिने विस्वास उनले ब्यक्त गरे ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयममै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनि उनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend