जन आकाश
नेपाल सार्वभौम सम्पन्न राष्ट्र हो । हाम्रो देशको आन्तरिक व्यवस्था हाम्रो स्वतन्त्र भित्र रहन्छ । तर बेलाबेलामा नेपालको राजनीतिक स्थायित्व नभएको बेलामा विभिन्न विदेशी शक्तिहरुले नेपालको कमजोर कुटनीतिक समयलाई छेका पारेर नेपाल देशमाथि हस्तक्षेप गर्ने गरेका छन् । त्यस्तो बेला देशका कुटनीतिक निकायका सबै विज्ञहरुले छिटो कदम चाल्नुपर्ने र नेपालको सार्वभौम अधिकारको रक्षा गर्न सबै नेपालीलाई छिटो छरितो माध्यमबाट जागरुक बनाउनु पर्ने हुन्छ । त्यस्तो अवस्था विगतमा प्रजातन्त्र स्थापनाको चरणमा रहँदा छिटो छरितो ढंगबाट आम नेपालीमा जागरुकता नहुँदा कोशी सम्झौता, गण्डक सम्झौताजस्ता असमझदारी सन्धिहरु समेत भएका छन् । त्यस्तै २०४६ को परिवर्तनपछि त्यतिबेला पनि देशले स्थायित्व पाइनसकेको अवस्थामा महाकाली सम्झौता भएको देखिन्छ । २०६२।०६३ को आन्दोलन पश्चात २०६३ मा नागरिकता विधेयक हतारहतारमा लागु गर्नुपर्ने बाध्यता पनि छिमेकी शक्तिको दबाबको रुपमा नेपालमा आज पनि जनताले भनिरहेका छन् त्यो सबै नेपाल देशको पक्षमा भन्दा बढी विदेशी शक्तिको पक्षपोषणका लागि ती कार्यहरु भएका थिए त्यो सबै राजनीतिक संक्रमणको ग्याममा त्यस्ता राष्ट्रविरोधी कामहरु भएको देखिन्छ र त्यस्तैत्यस्तै मौका पारेर विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौम सत्ता सम्पन्नतामा प्रश्न उठाउँदै आएका देखिन्छन् ।
त्यस्तै अहिले इयुले नेपालमा बहुसंख्यक रुपमा रहेको खस, आर्यहरुलाई आरक्षण कोटाबाट हटाउन निकालेको विज्ञप्ति पनि नेपालको राजनीतिक स्थायित्व हुन लागिरहेको तर पूर्णत पाइनसकेको अवस्थामा आपत्तिजनक विज्ञप्ति आउनुले एकपटक नेपालीहरु झस्किएका छन् । र त्यस्तो विदेशी अर्थात युरोपियन कूटनीतिकको हस्तक्षेपकारी षड्यन्त्र परास्त गर्न सबै नेपालीको बुद्धि पुग्नुपर्छ किनकी देशमा स्थायित्व भयो भने मात्रै विकास, उन्नति, प्रगति हुन्छ । नेपालको सन्दर्भमा जब एउटा शक्ति स्थापित हुन खोज्छ । त्यति नै बेला अर्को खालको विद्रोह, विग्रह गराएर हाम्रो देशको शान्ति स्थापनालाई खलल पु¥याउन त्यस्ता जो नेपाल देशको विरुद्ध लाग्नेहरुले षड्यन्त्रपूर्वक नेपाली नेपालीबीचमा लडाएर हाम्रो देशमा कुनै पनि वस्तु उत्पादन नहोस्, उद्योग, कलकारखाना नखोलिउन् सधैं तिनै विकसित देशबाट मागेर मात्र खाइराखुन् भन्ने उद्देशयले हिंसालाई भड्काउँदै आएको देखिन्छ । र त्यस्तै असक्षमहरु नेता बन्ने लालसामा ती विदेशी शक्तिहरुको गोटी बनेको देखिन्छ । अबको नेपाल त्यो बाटो हिँड्दैन भन्ने सन्देश दिन र गौतम बुद्धको जन्मभूमि नेपालको विश्व शान्तिको कामना गर्न र नेपालले आप्mनै देशलाई शान्ति, भयरहित, राष्ट्रिय एकतामा अडिग, विदेशी शक्तिहरुविरुद्ध प्रतिरोध र देशको विकासमा अग्रसरता लिने नेतृत्वको विकास गर्न नेपालीहरु सक्षम छन् भन्ने सन्देश अहिले इयुले निकालेको विज्ञप्ति प्रति सारा नेपालीहरुले विरोध जनाएर एक ढिक्का भएका छन् । त्यति हुँदाहुँदै पनि कतै हिन्दुको उत्तेजना जगाउने कतै क्रिश्चियनको उन्माद देखाउने, कतै मुस्लिमको कट्टरता देखाउने हर्कत जारी नै छन् तर त्यो धार्मिक साम्प्रदायिकता भड्काउन कोसिस निकै पहिलादेखि भएको देखिन्छ । २०६२।०६३ पछिको परिवर्तनसँगै रातारात पशुपतिनाथमा गाई काटेर फ्याँक्ने र मस्जिदमा सुँगुर काटेर फ्याँकेर धार्मिक साम्प्रदायिकता पैmलाउन केही तत्व लागेकै हुन् तर त्यो नियोजित षड्यन्त्रलाई धार्मिक सहिष्णुतामा बाँधिएका नेपालीहरुले सद्भाव र एकताको बलद्वारा षड्यन्त्रलाई परास्त गरिदिए र त्यसपछि जातीय द्वन्द निम्त्याउन फैलाएको जातीय आन्दोलन निक्कै प्रयासको रुपमा देखियो तर त्यो पनि नेपालीहरुले केही समय कठिनाई बेहोरे पनि अन्नतः त्यो पनि कतै अन्तैबाट सञ्चालित रहेछ भन्ने नेपालीहरुले बुझे त्यसपछि यस्ता अनेकौं षड्यन्त्र नेपालीहरुको सद्भाव र एकताको अगाडी केही काम नगरेपछि अनेक खालका दाउपेचहरु प्रयासका रुपमा छन । त्यस्तै इयुको त्यो विज्ञप्ति पनि त्यस्तै एउटा नेपाली बीचमा द्वन्द रोप्ने एउटा अस्त्रको रुपमा प्रयोग गर्न खोजेको हुनसक्छ । त्यसैले सबै नेपालीहरुले संयम अपनाउँदै त्यस्ता षड्यन्त्रलाई परास्त गर्न नेपालको चन्द्र सूर्य अंकित झण्डामूनि एक ढिक्का भई उभिनुपर्छ र विदेशी षड्यन्त्रलाई परास्त गर्नुपर्छ । जय मातृभूमि ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend