logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लक्ष्मी केयरस्ले १० औं माउन्टेन बाइक ¥याली सम्पन्न गरेको छ .


  • जन आकाश
  • सोमबार, चैत्र २६ २०७४

 



काठमाडौं चैत्र २४ । लक्ष्मी बैंककाकर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयरस्ले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्य सहित विभिन्न कार्यक्रमहरु सञ्चालनगर्दै आएको छ । यसै सिलसिलामा“गो ग्रिन”अभियानअन्तर्गत रही“उज्यालो अभियान”को एक हिस्साका रुपमा १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइक ¥याली यही चैत महिनाको २३गते शनिवार सुसम्पन्न भएको छ । २०० भन्दा ज्यादा साइकल यात्रीहरुको सहभागीता रहेको उक्त ¥यालीले १३ किलोमिटरको दुरी तय गरेको थियो । सो कार्यक्रमको उद्घाटन माननीय वन तथ ावातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभएको थियो । ¥याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टंगाल उड, टंगाल पुगी सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधान एण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि रहेको थियो । उक्त स्थानमा व्याब्लेड क्य्रुउको साथ किड्स कर्नर, फेस पेन्टिङ्ग, बार्विक्यू स्टल लगायत थुप्रै मनोरञ्जनका साथदिनभर विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिएको थियो ।
यो वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यस अघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विकस्थल एवं च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमा उज्यालो अभियानले बागमतीपुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्रतथाबनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलारलाइट जडान गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend