logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • बुधबार, चैत्र २८ २०७४

इक्यानको आगामी निर्वाचनमा भट्टराईको महासचिवमा उम्मेदवारी

 

 



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ- इक्यानको आगामी पुसमा हुने निर्वाचनमा देविदास भट्टराइले महासचिवमा उम्मेदवारी दिने भएका छन् । इक्यानमा कुशलतापूर्वक प्रथम सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका भट्टराइले अव हुने निर्वाचनमा स्वतः उम्मेदवार हुन पाउने बाटो भएपनि सवै व्यवसायी साथीभाइको आग्रह अनुरुपनै महासचिवमा उम्मेदवारी दिने भएका हुन् । संस्थाको अध्यक्षमा क–कसले उम्मेदवारी दिने हो त्यसको कुनै टुङ्गो नलागेपनि भट्टराईको भने महासचिवमा उम्मेदवारी दिने पक्का भइसकेको छ । उनले भने– ‘अरुको विषयमा केहि भन्न सक्दिन तर मेरो उम्मेदारी दिने कुरा पहिले देखि नै थियो र साथीहरुले पनि तपाईंले उम्मेदवारी दिनैपर्छ भन्ने आग्रह गरिरहेको अवस्थामा म अगाडी बढेको हुँ ।’
भट्टराईले उम्मेदवारी दिने भएपछि सवैको साथ समर्थन रहेको भन्दै आफ्नो निर्णयबाट पछि नहट्न सुझाव दिइएको अर्विट इन्टरनेशनलका निर्देशक शेषराज भट्टराइले जानकारी दिए । उनले भने–‘देवी दाइको उम्मेदवारी सवैको लागि खुसीको हुरा हो । संस्थामा रहेर निर्वाह गरेको भूमिकाको आधारमा पनि उहाँलाई महासचिवको उम्मेदवार बनाउनु मात्रै होइन जिताउनु पनि सवैको दायीत्व हो, यसमा मेरो पूर्ण समर्थन रहन्छ ।’
त्यस्तै इक्यानका निवर्तमान अध्यक्ष राजेन्द्र वरालले पनि  भट्टराईको उम्मेदवारी स्वभाविक भएको वताए । इक्यानमा भट्टराईको आवश्यकता रहेको भन्दै बरालले साझा मान्छेलाई सवैले समर्थन र स्थान दिनुपर्ने बताए । भट्टराईले उम्मेदवारी दिने भन्ने थाहा पाएपछि इक्यानका अध्यक्ष प्रकाश पाण्डेले पनि आफ्नो समर्थन रहेको ग्रीन सिग्नल दिएका छन् भने इक्यानका सल्लाहकार महेश कार्कीले भट्टराई उम्मेदवार हुँदा अरु निरिह जस्तै हुने र जित पनि निश्चित रहेको बताए । कार्कीले यद्यपी अन्तिम समयसम्म कस्तो माहोल सिर्जना हुन्छ त्यो हेर्न बाँकी रहेको बताए ।
संस्थामा होस् या बाहिर भट्टराईले आफूलाई सारै मिजासिला, सहयोगी, सरल र कहिल्यै नरिसाउने व्यक्तिको रुपमा स्थापित गरेका छन् । नजिकबाट चिन्नेहरुले उनको व्यक्तित्वलाई लिएर उदाहरणसमेत दिने गर्दछन् । भट्टराईले संस्थामा आफुले पाएको सामाजिक उत्तरदायीत्वको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्दै आइरहेको इक्यानका सदस्यहरु बताउँछन् । विनाशकारी भूकम्पको बेलामा होस् वा बाढीपहिरोको चपेटामा परेकाहरुको लागि राहत संकलन तथा वितरण गर्न पनि भट्टराइको महत्वपूर्ण योगदान रहेको बताइन्छ । उनकै पहलमा रामेछापका केहि विद्यालयमा विद्यार्थीको लागि छात्रबृत्तिको पनि व्यवस्था गरीएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend